Shittalpati
इन्धनको मूल्य घटेर आयो

पाल्पा, भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालाई मूल्य घटाएर पठाएको हो ।

नेपाल आयल निगमका अनुसार नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update