रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा
बिहीबार, असार १९, २०८२
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
बिहीबार, असार १९, २०८२
केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।
तुलसीपुरमा दुई पक्की पुल निर्माण
बिहीबार, असार १९, २०८२
तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन् ।
सुनचाँदी व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा
बिहीबार, असार १९, २०८२
पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन् । बुधबार तानसेनको शितलपाटीमा भेला भइ सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री पौडेलको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।
धुर्कोट बालश्रममुक्त पालिका घोषणा
बिहीबार, असार १९, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका बालश्रममुक्त तथा सडक बालबालिका मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाको १७ औं गाउँसभाले बालश्रम मुक्त पालिका घोषणा गरेको हो ।
बुटवल–नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड
बुधबार, असार १८, २०८२
प्रतिनिधिसभाका सांसदहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्र्नुपर्नेमा जोड दिएको हो ।
फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक
बुधबार, असार १८, २०८२
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् ।
अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने छ
बुधबार, असार १८, २०८२
यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
बगनासकाली गाउँ सरकारको मध्यकालीन खर्च संरचना तयार
बुधबार, असार १८, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) तयार पारेको छ । पालिकाले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहित यस्तो संरचना तयार पारेको हो ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
बुधबार, असार १८, २०८२
आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो ।
आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग
मंगलबार, असार १७, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
झोलुङ्गे पुलले छोटियो यात्रा
मंगलबार, असार १७, २०८२
वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो। वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर खोला तर्नु पथ्र्यो । तर, अहिले भने पाँच मिनेटको दूरीमा सहजैसँग स्थानीय वारिपारि गर्दै आएका छन् ।

