स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी
मंगलबार, चैत ५, २०८१
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध
मंगलबार, चैत ५, २०८१
राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशभरिका अधिकांश

पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै
सोमबार, चैत ४, २०८१
चैत ७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्याउनेदेखि केन्द्राध्यक्षको नियुक्तिको काम सकेको छ । केन्द्र अध्यक्षका लागि आज अभिमुखीकरण हुँदै छ । ईकाइका प्रमुख प्रेमराज...

‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’
आइतबार, चैत ३, २०८१
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कृष्ण अर्यालले शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन विद्यार्थीहरुले नेविसंघलाई मदान गर्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको भेटमा उनले शैक्षिक गुणस्तर वृद्धि गरी खस्कदो क्याम्पसको साखलाई फर्काउन नेविसंघको नेतृत्वमा मात्रै सम्भव रहेकाले विद्यार्थीहरुले मतदान गर्ने...

कालीगण्डकी नदीमा दुई जना मृत भेटिए
आइतबार, चैत ३, २०८१
कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका हुन् ।

गणतन्त्रवादीका लागि राजतन्त्रको कुरा गर्नुको कुनै औचित्य छैन ः उपप्रधानमन्त्री सिंह
आइतबार, चैत ३, २०८१
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणतन्त्रवादीका लागि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले गणतान्त्रिक व्यवस्थामा राजतन्त्र ब्यूँताउने कुरा गर्नुको कुनै औचित्य नभएको बताएका हुन् ।

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान
शुक्रबार, चैत १, २०८१
चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ ।

पत्रकार डोटेल सम्मानित
शुक्रबार, चैत १, २०८१
पाल्पाली पत्रकार सिता डोटेल सम्मानित भएकी छन् । रामपुर नगरपालिका–६ बिजयपुर निवासी समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको ‘सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट डोटेल सम्मानित भएकी हुन् ।

पाल्पामा होलीको हर्षोल्लास
शुक्रबार, चैत १, २०८१
तानसेनका शान्ता ढकाल, रेनुका न्यौपाने र मनिषा आलेले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए ।

पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम
बिहीबार, फागुन २९, २०८१
पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो ।

मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका
बिहीबार, फागुन २९, २०८१
पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई यहाँका युवा र पाका पुस्ताले ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।

सद्भाव र प्रेमको पर्व होली मनाइँदै , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा
बिहीबार, फागुन २९, २०८१
सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।

गुल्मीमा एक पुरुषको शव फेला
बुधबार, फागुन २८, २०८१
जिल्लाको मदाने गाउँपालिका –४ झार्किसल्लास्थित ढोरपाटन सडक खण्ड नजिकैको भिरमा एक पुुरुषको शव फेला परेको छ । प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदीकोटका २५ वर्षीय प्रकाश सामत मृत अवस्थामा फेला परेका हुन् ।