Shittalpati
रतनपाँडे सामुदायिक सहकारीले मनायो साधारण सभा  

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –१२ बौघापोखराथोकमा रहेको रतनपाँडे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साधारण मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रम गरी  १० औं वार्षिक साधारण सभा मनाएको हो ।

सभाको वडा अध्यक्ष मेजरसिह केसीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि  केसीले वडाको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको  बताए । उनले सहकारी अर्थतन्त्रको बलियो खम्बा भएकाले सहकारीको विकास विना मुलुकको समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे । अध्यक्ष केसीले रतनपाँडे सहकारी स्थानीय वासिन्दहरुको सुःख–दःुखको साथी  बनेको  समेत बताए । उनले सहकारी कसरी चलिरहेको छ र यसलाई अझ अघि वढाउन के–के गर्नुपर्दछ भन्ने सबै निर्णय सहकारीका सदस्यहरुको हुने भएकाले यसलाई अझ प्रभावकारी ढ·ले अगाडि बढाउन  लाग्नु पर्ने उल्लेख गरे । अध्यक्ष केसीले सहकारीलाई वडाकोतर्फबाट आवश्यक सहयोग  गर्ने  समेत बताए । कार्यक्रममा वडा सदस्य वसन्ती राना, पूर्व वडाअध्यक्ष देवेन्द्र राना, लुम्बिनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरे, जिल्ला अदालत पाल्पाका श्रेस्तेदार केशव पराजुली, मिलीजुली कृषि तथा पशु विकास सहकारीका व्यवस्थापक सुस्मिता विश्वकर्मा, वौघापोखराथोक कृषि सहकारीका व्यवस्थापक युवराज पौडेल लगायतकाले सहकारीको सफलताको शुभकामना व्यक्त गरे ।

सहकारीले सोही अवसरमा मौवाडाडाँ महिला समूह मौवाडाँडा तथा सिर्जना मिश्रित सहकारी समूह डाँडाकटेरीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा ३१ लाख ८८ हजार ७ सय ४९ रुपैयाँ बराबरको  आय–व्यय प्रस्तुत गरिएको थियो । सहकारीमा महिला १सय ८० र पुरुष ७४ गरि २ सय ५४ जना सदस्य रहेको कार्यसमितिका सदस्य रामचन्द्र नेपालले जानकारी दिए । सहकारीका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष डुकुरी थापाको स्वागत, व्यवस्थापक शोरन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update