पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले ‘चौतारी’ बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सार्वजनिक गरे । शाखाले नियमित रुपमा चौतारी बुलेटिन प्रकाशन गरी सार्वजनिक गर्दै आएको छ ।
बुलेटिन विमोचन गर्दै अध्यक्ष चिदीले समाचारको कारण समाज रुपान्तरण हुने भएकाले गंम्भीर भएर यर्थाथ परक समाचार पस्कन पत्रकारहरुलाई आग्रह गरे । समाजमा अहिले जताततै नकारात्मक समाचारको बाढी आएको अवस्थामा समाजलाई सकारात्मक भूमिकामा जिम्मेवारी बनाउन पत्रकारहरुको कलमले ठूलो भूमिका खेल्ने अध्यक्ष चिदीले बताए । हरेक विषयमवस्तुलाई सकारात्मक आखाँले हेरेमा त्यो स्वभाविक रुपमा सकारात्क तरीकाबाट जाने र नकारात्मक कारण समाजमा ध्वस, अराजकता बढ्ने अध्ययक्ष चिदीले जोड दिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव चौतारी फाँट इन्चार्ज राजेश कुमार अर्यालले चौतारी बुलेटिन आफ्ना सदस्यहरुलाई क्रियासिल बनाईराखेको, पालिकाका गतिविधीहरु सार्वजनिक भईरहेको र संगठन चलायमान बनिरहेको बताए । नेकपा एमाले प्रचार विभाग पाल्पाका सचिव रेखीराम रानाले चौतारीको नियमित बुलेटिनमा संगठनका विचार, धारणाहरुलाई पनि आगामी दिनमा समावेश गरेर जानुपर्नेमा जोड दिए । प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य कमलराज तिमिल्सेनाले प्रेस चौतारी पाल्पाले प्रदेशमै उत्कृष्ट, प्रभावकारी गतिविधी गर्दै आएको बताए । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एव पाल्पा इन्चार्ज मिलन विश्वकर्माको स्वागत, सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


