Shittalpati
एक गाग्री पानी लिन दुुई घण्टा पैदल
एक गाग्री पानी लिन दुुई घण्टा पैदल गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन । उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर घर–सम्पति नभएर ओडारमा बस्दै आएका बागलुङको बडिगाड गाउँपालिका– ६ का एक दमाई परिवारलाई घर बनाई दिइएको छ । वर्षौदेखि खाल नजिकैको ओडारमा कष्टकर जीवन बिताउदै आएका जुना दमाईको परिवारलाई समाजसेवी लिलबहादुर थापाले घर बनाइदिएका हुन् ।
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’ सडक विभागकी इन्जिनियर कल्पना अधिकारी यसवर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानी, बुढीकोटकी अधिकारी सार्वजनिक प्रशासन क्षेत्रमा उत्कृष्ट काम गरेकाले ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी हुन् ।
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाले पाँचौ साधारण सभा मनाएको छ । संघले तानसेनको श्रीनगरमा एक औपचारिक कार्यक्रमका बिच सभा मनाएको हो । साधारण सभा नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका हुन् ।
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।
पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता
पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता कारागारमा रहेका कैदीबन्दीहरुले यस पटक मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुुन् ।
चितुवाको आक्रमणबाट तीन घाइते
चितुवाको आक्रमणबाट तीन घाइते चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले त्यहाँ कुनै नयाँ कुरा सुनेन्, नेताहरूको उही पुरानै भाषणले उनलाई वाक्क लाग्यो ...
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका...
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’ पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा...
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’ रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकोमा उनी गुनासो गर्छन् ।
सकियो पाल्पाको सत्यवती मेला
सकियो पाल्पाको सत्यवती मेला पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष...
Weather Update