अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
सोमबार, माघ ९, २०७९
मनाइयो सोनाम ल्होसार
सोमबार, माघ ९, २०७९
आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
आइतबार, माघ ८, २०७९
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
आइतबार, माघ ८, २०७९
माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
आइतबार, माघ ८, २०७९
विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आइतबार, माघ ८, २०७९
सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
शनिबार, माघ ७, २०७९
जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’
शुक्रबार, माघ ६, २०७९
रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड...
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत
बिहीबार, माघ ५, २०७९
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
पुरूषहरुको भीडमा एक्लो महिला चालक
बिहीबार, माघ ५, २०७९
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छन् पाल्पाको...
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे
बुधबार, माघ ४, २०७९
राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
मंगलबार, माघ ३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...


