इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
शुक्रबार, असार १४, २०८१
पाल्पाको एसईई नतिजा : दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट दुुई जनाले चार जिपिए ल्याएका छन् । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।
एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
रक्सीको लतबाट छुटेका कुमालको अनुभव, भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’
बिहीबार, असार १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) लामो समय रक्सीको लतमा फसे । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिकेका उनी छोड्नै नसक्ने गरी लतमा फसेका थिए ।
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
बुधबार, असार १२, २०८१
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
बुधबार, असार १२, २०८१
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार र्याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।
विद्यार्थीसँग पुष्पलाल
मंगलबार, असार ११, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपालले विद्यार्थीसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानले पुष्पलाको १०० औं जन्मोत्सवको अवसरमा विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरेको हो ।
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
मंगलबार, असार ११, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।
आज मगर जातिको भूमि पर्व
मंगलबार, असार ११, २०८१
मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका...
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
सोमबार, असार १०, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
आइतबार, असार ९, २०८१
गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
आइतबार, असार ९, २०८१
देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
आइतबार, असार ९, २०८१
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।


