सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
बुधबार, भदौ १३, २०८०

गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
बुधबार, भदौ १३, २०८०
गुल्मीमा मंगलबार भएको आन्दोलन हुँदा जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।

बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै
बुधबार, भदौ १३, २०८०
गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि तनाव ग्रस्त बनेको सदरमुकाम तम्घास यति बेला शान्त बन्दै गएको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया बालिका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएपछि पीडितका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएपछि तम्घास बजार तनाव ग्रस्त बनेको थियो ।

आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा
बुधबार, भदौ १३, २०८०
कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको तानसेनमा समीक्षा गरिएको छ । कारितास नेपाल फिल्ड कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा गरेका आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धी कार्यहरुको जिल्लाका सरोकारवाला निकायहरुबिच समीक्षा गोष्ठी गरिएको हो ।

आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
बुधबार, भदौ १३, २०८०
आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने गरिन्छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
मंगलबार, भदौ १२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
मंगलबार, भदौ १२, २०८०
शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सोमबार, भदौ ११, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

खोलामा डुबेर दुई जनाको मृत्यु
सोमबार, भदौ ११, २०८०
खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । रुपन्देही र कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ दश नम्बरस्थित सताहा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । वडा–४ का ५५ वर्षीय विष्णु शर्माको खोलामा डुबेर मृत्यु भएको हो ।

तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
सोमबार, भदौ ११, २०८०
जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।

तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, भदौ ११, २०८०
जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।

रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
आइतबार, भदौ १०, २०८०
गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।

करेन्ट लागेर एकको मृत्यु
आइतबार, भदौ १०, २०८०
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।