आज बक्र ईद, देशभर सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?
आइतबार, असार २, २०८१
मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनिहरुमा । अब कसले सुन्छ रु भन्ने पनि उनिहरुको गुनासो छ ।
मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति
शनिबार, असार १, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण
शनिबार, असार १, २०८१
जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।
रामपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा विहिबार मृत्यु भएको छ ।
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।
‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता
बिहीबार, जेठ ३१, २०८१
अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ । यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकासँग सम्झौत गरेको छ ।
महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
आइतबार, जेठ २७, २०८१
जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।


