Shittalpati
सुरक्षित इन्टरनेटको प्रयोग

हिजो आज मानिस धेरैजसो समय इन्टरनेटमा बिताउँछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य भइसकेको छ । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ । यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ । इन्टरनेट जति मानिसको आवश्यकता बन्दै छ त्यति नै इन्टरनेटबाट नकरात्मक असर पनि देखा परेको छ । हिंशा, दुुव्र्यवहार र शोषणका घटना पनि उत्तिकै बढ्दै गएका छन् । यस्ता समस्याबाट बच्न आजको इन्टरनेट युगमा सुरक्षित इन्टरनेट चलाउनु आवश्यक छ ।

इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो । तर इन्टरनेटको प्रयोगबाट केही नकरात्मक काम पनि नभएका भने होइन । इन्टरनेटकै माध्यमबाट धेरै अपराधिक क्रियाकलाप र बालबालिकाहरु पढाई भन्दा पनि इन्टरनेटमै व्यस्त हुन थालेका छन् । यस्तो हुनु दुःखद् हो । सूचना प्रविधिमार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गरिएको छ । तर, उचित सूचना वा मार्गदर्शन नहुँदा इन्टरनेट जगतमा दुव्र्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको पनि सामना गर्नु परेको यार्थता हो । इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्न आवश्यक छ । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले मानिसलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साही बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । समाजमा इन्टरनेटले छोडेको प्रभावका बारे टीकाटिप्पणी र बहस गर्न नसकिने होइन । साइबर अपराधहरुलाई बढाउनसमेत त्यसको अभ्यास बढ्दो क्रममा रहेको छ । हालका दिनमा डिजिटल प्रविधिको असुरक्षित प्रयोग र उपयोग गर्ने चलन बढ्दै गएको छ । त्यसमार्फत विशेषगरी युवावर्ग यौन दुव्र्यवहारलाई बढवा दिन उद्यत देखिन्छ । अनलाइनमार्फत हुने विभिन्न आपराधिक कार्यहरुमा बढोत्तरी हुँदै गए पनि त्यसप्रति सक्दो प्रतिबन्धात्मक अवस्था लागू हुन सकिरहेको छैन । यस्तो अवस्थामा बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिई इन्टरनेटलाई सुरक्षित क्षेत्र बनाउने दिशामा जिम्मेवार बन्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update