पाल्पा, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ । यहाँका रूपन्देही, दाङ, बाँके, रोल्पा र कपिलवस्तुका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ रंगशालास्थित किरातेसोर महिनाचुली अबिसा जेभि क्यामभित्र एक पुरुषको शव फेला परेको छ । सोही क्याम्पको रेखदेख गर्ने दाङ घोराही नगरपालिका–५ बस्ने ५२ वर्षीय रमेश डागी बिहीबार मृत अवस्थामा शव फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस्तै बाँकेको बैजनाथ गाउँपालिका–६ मा एक पुरुषको लडेर ज्यान गएको छ । स्थानीय ३२ वर्षीय बिष्णु विकको आफ्नै घरको धारामा पानी लिन जाने क्रममा लडेर घाइते भएका थिए । घाइते उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रोल्पाको एक जंगलमा एक पुरुषको शव फेला परेको छ । रोल्पा नगरपालिका–९ होमालिउन र थवाङ गाउँपालिकाको सिमानामा पर्ने जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव सडिगलेको अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


-1762576335.jpg)