Shittalpati
२०७८ जस्तो नहोस् २०७९ !

बिहीबारदेखि नयाँ पात्रो फेरियो घर–घरका भित्तामा टाँगिएका क्यालेण्डर, पात्रो अब सम्झनामा मात्र रहे । यस सँगसगै नयाँ वर्षको शुभारम्भ भएको छ । नयाँ वर्षसँग नयाँ बिहानी, नयाँ राजनीति पनि जोडिएर आएको छ । नयाँ वर्षको आगमनसँगै धेरैले नयाँ कुराको आशा र अपेक्षा पनि राखेका छन् । आशा र अपेक्षा राख्नु पनि स्वाभाविक हो । त्यसै क्रममा वर्षको अन्तिम दिन अपरान्हतिर एक जना मित्रसँगको भेटमा मित्रले भन्दै थिए २०७८ जस्तो २०७९ साल नहोस् । हो ०७८ साल नेपालको राजनैतिक इतिहासमा कमजोर वर्ष सबित भयो । इतिहास मै सबै भन्दा बलियो सरकार तासको घर जस्तै भयो । विपक्षी दललाई सरकार बनाउने अवसर आयो । त्यो अवसर सँगै नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीका कारण नेकपा एमाले विभाजित हुन पग्यो । त्यो मात्र होइन माओवादी केन्द्र पुरानै अवस्थामा फर्किन पुग्यो । लोकतान्त्रिक विधि र पद्दतिमा राजनैतिक दल विभाजन हुनु भनेको राम्रो होइन । हुन त नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार बनेको थियो । जब एमालेको नेतृत्वमा सरकार बनेको थियो प्रधानमन्त्री त पशुपतिमा डामेर छाडेको साढे जस्तै भएका थिए । उनी मात्र होइन ? उनका धर्म पुत्र जस्तै मानिने गोकुल बास्कोटा, सानो साढे जस्तै भएका थिए । सत्ताको आडमा सामन्तवाद लाद्न खोजे पछि पार्टीमा जीवनभर सहयात्रा गरेका सहयात्रीले साथ र सहयोग बाध्यताका कारण छाडेका हुन् ।

शासन सत्ता कै आडमा प्रहरीका पूर्वप्रमुख, वाहालवाला सासंद, अपहण काण्डमा लागे त्यसै गरी अरबौ रुपैयाँ हिनामिना हुन पुग्यो । ओलीले टिका लगाएर अख्तियारका आयुक्त बनाएकाहरु टुलुटुलु हेरेर बसे । लाजमर्दो कुरा के भयो भने एमालेका प्रखर वक्ता तथा युवा नेता योगेश भट्टराई बतास समूहमा जोडिन पुगे । कस्तो लजास्पद कुरा अहिले उनको बोली बन्द छ । त्यही ठाउँमा प्रेम आले आएपछि एकपछि अर्को गरी रहस्य खुल्दै गएको छ । त्यसैगरी क्यासिनो काण्ड पनि गत वर्ष सर्वाधिक चर्चामा आउन पुग्यो । राज्य कोषमा जम्मा हुनुपर्ने अरबौ रुपैयाँ मन्त्रीले करोडमा मिलाउँदा रहेछन् भन्ने कुरा प्रेम आलेले खोलिदिए । पश्चिम नेपालको मगरको छोरा प्रेम आले कमिसनको मोहमा नफसेर एक अरब रुपैयाँ राजश्व खातामा दाखिला नगर्दासम्म व्यवसायीलाई उनले सुखै दिएनन्, चुनढुङ्गा प्रकरणमा ओलीका अद्योग मन्त्री लेखराज भट्ट समेत चर्चाको शिखरमा पुगे । सेक्युरिटी प्रेसमा धर्म पुत्र जस्तै मानिने गोकुल बास्कोटा काण्ड, ललिता निवास जग्गामा कमरेड बिष्णु पौडेल काण्ड ०७८ सालमा नविकरण मात्र हो । त्यसले गर्दा ०७८ साल काण्डै काण्डमा बित्यो । आउने साल यस्तो नहोस् भनेर मलाई मेरा साथीले सुझाए । सघींय सरकारको नेतृत्वबाट ओलीको बहिरगमनसगैं प्रदेश सरकारको नेतृत्व गरेका हनुमानहरुको पनि कहि सुखद तवरले त कतै दुखद् तवरले बहिरगमन भयो । त्यसमध्ये हाम्रो प्रदेशमा हनुमानले सहजरुपमा नेतृत्व छाडेको पनि होइनन् । यस कारणले पनि कमरेड हनुमानहरुको लागि गएको वर्ष राम्रो भएन । हनुमानसँग हनुमानका सहयोगीहरुले पनि जिल्लामा छलछाम, भ्रम र झुटको खेति स्याहार्न नपाउँदा उनीहरुका लागि ०७८ फलिफाप भएन । ०७८ सालमा त नोक्सान पनि धेरै भयो । प्राकृतिक विपत्ति, कोरोना महामारी । काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सपना देखेका सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना साकार भएथ्यो । असार १ गते आएको बाढीले मेलम्चीको मुख्य प्रवेशमा बाढीले क्षतविक्षत बनायो तर पनि वर्तमान सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्यो । अबको केही दिनमा काठमाडौंवासीले मेलम्चीको पानी पिउने छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओलीका इष्टमित्रले ठूलो रकम भ्mवाम पारे । महामारीको समयलाई भ्रष्टचार गर्ने समयका रुपमा उपयोग गरे । त्यसले गर्दा पनि आमजनताका लागि राम्रो वर्ष भएन । त्यसैले आउने वर्ष राम्रो होस् भनेर भनेको होला । राजनैतिक पार्टीको सामान्य कार्यक्रताले नेताको संरक्षण र हौसलामा यस्ता–यस्ता क्रियाकलाप गर्दै गए । भ्रष्टाचारको सवालमा ओलीका कार्यकर्ता मात्र छन् भनेको पक्कै होइन शेर बहादुरको कार्यकर्ता पनि भ्रष्ट छन् । काँग्रेस र कम्युनिष्ट पार्टीमा फरक छ । काँग्रेसमा भ्रष्टाचार व्यक्तिगत हुन्छ । कम्युनिष्टमा सस्थागत हुन्छ र आर्जित रकम मध्य निश्चत प्रतिशत पार्टीलाई लेबि बुझाउनु पर्दछ ।

यसले गर्दा यसको जवाफदेही पार्टी बन्दछ भने काँग्रेसमा त्यस्तो हुँदैन सबै व्यक्तिगत हुन्छ । काँग्रेसमा लेबि भन्ने कुरा अनिवार्य हँुदैन एच्छिक हुन्छ फरक यहाँ हो । यही भएर एउटा व्याक्ति जस्तो तत्कालिन स्वास्थ्य मन्त्री जसले कमिसनको लागि ओम्नी समूहलाई स्वास्थ्य सामग्री ल्याउन अनुमति दिइयो । त्यस वापतको रकम मध्य आधा रकम पार्टीको खातामा जम्मा भयो । त्यही कार्य काँग्रेसका मन्त्रीले गरेको भए सबै रकम मन्त्रीको खातामा जम्मा हुन्थ्यो, फरक यहाँ हो । काँग्रेस भित्र फेरी के पाइदैन भने पार्टी नेतृत्वले बचाउ गरेको हँुदैन । त्यसले गर्दा व्याक्तिगत हुने गर्दछ । यस्ता प्रकरणका जेपि गुप्ता, चिरञ्जिवी वाग्ले, गोविन्द राज जोशी खुमबहादुर खड्का उदाहरण हुन् । ०७८ सालमा अर्को राम्रो काम के भएन भने लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलो पालो भन्ने चर्चाले पनि राम्रो नै स्थान पायो । त्यो पनि सहमति गलत हो । किस्ताबन्दीको सरकार भयो । यसले आम जनतामा राम्रो सन्देश जादैन । यसैगरी सबै भन्दा महत्वपूर्ण त सर्वोच्च अदालतका प्रधान न्यायधिश प्रकरणले पनि राम्रो नै चर्चा पायो । न्यायलयको प्रतिष्ठामा कालो धव्बा लाग्यो । यस सवालमा पनि घुमाउरो बाटो नाप्दा नेकपा एमालेका अध्यक्ष ओली कै नाम जोडिन्छ ।

आर्थिक हिसाबले पनि राम्रो मानिएन । आर्थिक मन्दी, अर्थमन्त्री र गभर्नर बिचको द्वन्द्वले निम्ताएको समस्याका कारण गभर्नर निलम्बन । पदीय मर्यादा र आचरण विपरित काम गरेका गभर्नर कमिसन कै कारण पदीय जिम्बेबारीबाट बिमुख मात्र हुन परेन अमर्यादित तवरले च्यूत हुन पर्‍यो । गभर्नर च्यूत हुँदाका क्षणमा उनलाई भन्दा उनलाई भर्ति गर्ने ओलीलाई हनहनी ज्वरो आएको छ । समग्रमा २०७८ साल आर्थिकरुपले राम्रो भएन । ०७८ मा राम्रो भनेको वर्तमान सरकारले विना कमिसन कोभिड विरुद्धमा लगाइने खोप सहजरुपमा आमनागरिक समक्ष ल्यायो । त्यो भन्दा अन्य आम जनतालाई मेरो सरकार भन्ने अनुभुत नभएकाले आउने वर्षमा होस् गएको वर्षमा जस्तो नहोस्, सबैमा नयाँ वर्षको शुभकामना !
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update