Shittalpati
उद्धव र विदुरको संवाद (भाग–६)

तृतीय स्कन्द प्रारम्भ : शुकदेवजी आज्ञा गर्नु हुन्छ विदुरले मैत्रेयलाई सोध्नु भएको प्रसंग विदुरको घरको वर्णन गरेर साध्य छैन । भगवान पाण्डवहरुको दुतको काम गर्न गएका बेला आफ्नै घर सम्झेर विदुरका घरमा नवोलाए पनि जानुभयो । राजा परीक्षितले सोंधे भगवान मैत्रेयसँग कुन ठाउँमा विदुरको भेट भयो र कहिले दुवै बीच संवाद भयो हामीलाई सुनाउनुहोस् भन्दा सूतजी भन्छन् मुनिवर शुकदेवजी अनेक विषयका ज्ञाता थिए । सोधेका प्रश्न प्रसन्न मुद्रामा बताउँछन् । हेर राजा धृतराष्ट्र जन्मदै देखिका अन्धा त छदै थिए । अधर्मले गर्दा उनको विवेक शक्ति पनि नष्ट भईसकेको थियो । यिनले आफ्ना पापी छोराहरुको लहैलहैमा लागेर आफ्नाभाई पाण्डुका अनाथ छोराहरुलाई लक्षा भवनमा पठाएर त्यसमा आगो सल्काई दिए । पाण्डव रानी द्रौपदीलाई दुर्याेधनले चुल्ठोमा समाई सभामा ल्याई वेइजेत ग¥यो ।

धृतराष्ट्रले आफ्नो छोरा दुर्याेधनलाई रोकेनन् । युधिष्ठिरको राज्य अधर्म जुवाले हराई राज्य लियो । पाण्डवलाई वनमा पठायो, वनवास पुरा गरी फर्केपछि युधिष्ठिरले आफ्नो राज्यमाग बाड्दा  धृतराष्ट्रले माग दिलाएनन् । भगवान श्रीकृष्णले पाण्डव समेत कौरवको सभामा हितका अमृत रुपी कुरा बताउनु भयो । त्यसको दुर्याेधनले वास्तै गरेनन् किन कि उसको राज्य अवधि पूरा भईसकेको र उसको नाश हुने बेलाभएको थियो । एकदिन धृतराष्ट्रले सहमति लिनको लागि भाई विदुरलाई बोलाए सोध्दा विदुरले त्यहीँ नीति दिए जसलाई अहिले पनि विदुर नीति भन्ने गरिन्छ । राजसभामा दिएको राजनीति हे दाजी युधिष्ठिर उनको माग दिहाल्नु होस् (आज्ञात शत्रु) आफ्नो माग राज्य नपाउँदा पनि धेरै सहेर बसेका छन् । उता भाई भीमसेन रीसले सर्पझैँ फुँफँु गरेर बसेका छन् ।

तिनीसँग त डराउनु हुन्छ नि उनले बदलालिने छन् तपाईलाई पत्तै छैन । साक्षात भगवान श्रीकृष्ण पाण्डव पक्ष मै छन् । ऐले भगवान हरि द्धारकामा छन् उनी पृथ्वीका धेरै राजाहरुलाई पराजित गरेर बसेका छन् । भगवानसँग द्धेष गरेर काम छैन जसलाई छोरा भनेर दुर्याेधनलाई पालि राखेका छौँ । त्यो भगवानको द्धेष गर्ने बाटो । तुरुन्तै त्यागि देऊ नत्र विपरित पर्ला भनेर धृतराष्ट्रलाई धेरै–धेरै भाई विदुरले सम्झाए । तिमी भगवानबाट विमुख छौँ । त्यसकारण यो अमङ्गल धृत दुर्याेधनलाई त्यागि देऊ भनेर विदुरले सम्झाउँदा दुर्याेधन रिषले ओठ फरफराई काप्न थाल्यो । दुर्याेधनले भन्यो । यो दाशीको छोरा कुठीललाई कसले यो राज्य सभामा बोलायो भनेर धम्कायो । बाबु धृतराष्ट्रलाई भन्यो यसलाई तुरुन्त राज्यबाट बाहिर निष्काशन गरी हाल्नोस् भने विदुरलाई घेक्रायो । त्यहीँ पनि विदुरले रिष नगरी भगवानको माया आफ्नो धनु ढोकामा राखेर बर्हिगमन गरे । सारा तीर्थ भ्रमणगर्दै भगवान श्रीकृष्णको स्मरण गर्दै घुम्नु भयो । यताकौरवहरु एक आपसमा विध्वंशगरी मरे । पाण्डवहरुले आफ्ना पैतृक सम्पत्ति खोसेर लिए ।

भगवान श्रीकृष्णको सहायताले पाण्डवहरुले अखण्ड राज्य गरे । कौरवहरु नष्ट भएको विदुरले थाहा पाए । विदुर भ्रमणका रथ तीरमा गएका बखत उद्धवसँग भेट भयो । भगवान श्रीकृष्णको हालखबर सोधे रुकमणि आदिका सन्तान यदुवंशीहरुको सकुशल वार्ता भयो । पूर्वजन्ममा पार्वतीले आफ्ना गर्भमा राखेका कार्तिवेय अवतारको बारेमा यिनले गरेका नाना व्रतहरुको अर्जुनले दिएको धनुविद्याको चर्चा गर्दै अक्रुर भक्तका बारेमा पनि स्मरण गर्दै अनेक प्रचारका वार्ता भए भन्ने सम्मको कथा र उद्धवजीद्धारा भगवानका वाललीलाहरुको बोरमा माथि वर्णन तृतीय स्कन्धको दोस्रो अध्यायदेखि शुकदेवजी भन्नुहुन्छ । विदुरले परम भक्त उद्धवलाई जब यस प्रकारसँग परम प्रिय कृष्णसँग सम्बन्ध राख्ने कुरा सोधे । त्यो त्यस बखतमा उद्धवलाई स्मरण भई हाल्यो ।

उद्धव पाँचवर्षको हुँदा देखिनै भगवान श्रीकृष्णको मूर्ति बनाएर बालकृडा गर्थे । माताले भोजनमा बोलाउदा पनि त्यही कृष्णको मूर्ति पूजामा मुग्ध हुन्थे उनको शरीरमा रोमाञ्च हुन्थ्यो । प्रेमको बाढीमा डुब्थे । भगवानका प्रेमी उद्धव र विदुरको धेरै वार्ता भयो । भगवान कृष्ण र यधुवंशीको बारेमा धर्म राख्ने युधिष्ठिरले राजसूर्य यज्ञ गर्दा भगवान श्रीकृष्ण ब्राहमणका पाउधुनेमा हुनुहुन्थ्यो भित्र मण्डपमा स्वर्ण भगवानको पूजाभएकै छ । बाहिर पाउधुने कार्य भएको छ । भगवानका अनेक रुप सहश्र नाम बढ्दै छन् । यस्ता भगवानको वर्णन उद्धवले गर्नुभयो । भगवान श्रीकृष्णको हाँसो, रोदन बाललीला, ब्रजबासीका साथ देखाउनुहुन्थ्यो । यसै क्रममा भगवान बढ्दै जाँदा अलि ठूलो भए पछि सेवा गोरी, रङ्गी विरङ्गी गाईले युग्त भएको परम शोभायमान गाई चराउँदै बाँसुरी बजाएर आफ्ना साथी गोपीहरुलाई आनन्दित गराउनुहुन्थ्यो ।


यसै समयमा वंशले कृष्णलाई मानेका खातिर अनेक मायावि तथा इच्छाअनुसारको रुप धाारण गर्न सक्ने राक्षसहरु पठाउने गथ्र्याे । भगवानले बालक खेल खेलेझैँ गरी मारिदिनु हुन्थ्यो । कालीय नाग दमन विष पानबाट मरेका गाईको जिवित उद्धार, विषादी जलनिर्मल शुद्ध पार्नु, नन्दबाबाले इन्द्रको पूजा, गोवर्धनको पूजा गर्न लागेका बन्दगराई हर्ष बढाई गोवद्र्धनको पूजा गराई इन्द्रले वर्षाबाट गोपिहरुको संरक्षण, गोवद्र्धन पर्वतको छाता वडाई बचाउनुभयो । भने मुशलधारे पानीले केहि गरेन । इन्द्र शरणमा जानु भगवान वंशी बजाएर वृन्दावनमा चन्द्रमाले झलमल्ल रातमा गोपिनिका साथमा राशकृडा गर्नुहुन्थ्यो भन्ने कथा र तेस्रो अध्यायमा मथुरा, द्धारकामा जाँदा खेरिको लिलाको वर्णन आफ्ना माता पिताका देवकी बसुदेव का उद्धारका लागि बलरामलाई साथमा लिई मथुरा पुरी गई आफ्नाशत्रु समुदायको नायक वंशलाई आफ्नो सिहासनबाट तलखसाली प्राण लिएर तलभुइमा पछार्नु भयो । आफ्ना मातापिता जेल मुक्तगरी खुसि तुल्याई विद्याआर्जन गर्नाका लागि सान्दिविनी गुरुसँग गई ६४ कलाविद्या सुने रै कण्ठ भए ।

गुरु दक्षिणाका निमित्त प्रञ्चजन दैत्यको पेट चिरे । यमपुरीबाट उनको मरेको छोरा ल्याएर दिनुभयो । रुकमणी आदी गरिएका सत्य, मामा, कालिन्दि, जाम्वती आदी गरिएका १ सय ८ रानीहरुका १ सय ८ रुप धारण गरी विवाहगरी ल्याउनु भयो मोमासुरले हरण गरेर ल्याएका राज कन्याहरु भगवानले वन्धनमुक्त गराईदिदा ति राज कन्याले भगवान प्रति मोहित भएर जति कन्या छन् त्यति रुप धारण गरी पतिको रुपमाधारण गरे । त्यसपछि भगवानले द्धारकामा ल्याई छुट्टा–छुट्टै महलमा राखी आफू पनि सबैका महलमा विराजमान हुने जहाँ गए पनि कृष्ण रुपले रहनुभयो । सबैबाट दश–दशभाई छोरा जन्माउनुभयो । मथुरा पुरीमा घेरा दिई बस्ने कालयवन, जरा सन्धशाल्व आदि गरिएका सबैलाई शक्तिद्धारा मारिदिनु भई मथुरा पुरीको रक्षा गर्नुभयो ।

अठार हजार र अक्ष्यौद्रिणी सेनाहरु ध्वस्तपारी यस्ता अनेक प्रकारका लीला गर्दै अन्तिममा प्रभास क्षेत्रमागई मरेको यदुवंशीको बारेमा पनि उद्धवले बताई सकेपछि उद्धवसँग विदा भएर विदुर मैत्रेय ऋषि कहाँ जान्छन् भन्ने कथा तेसा्रे अध्यायले विस्तार गरियो, भने उतापट्टि ब्राहमणको आज्ञा पाएर यादवहरुले भोजन गरे र बारुणी नामको मदिरा पान गरेर आफू आफूमा झगडा काटमार गरेर यदुवंशी सबै नाश भए । भगवान कृष्ण, सरस्वती नदीको जल आँचमान गरी एउटा रुख मुनी बस्नु भएको थियो । यो कुल नास भयो, मेरो इच्छा पनि त्यागियो । अब बद्रीका श्रम तर्फ जाने निश्चय गरेका भगवानका पछि लागि उद्धव हिडे । भगवान सरसवती नदिबाट उठेर एउटा छेडीमा गई पिपलको रुखमा अडेस लागेर बस्नुभयो । देब्रे खुट्टामा दाहिने चरण राखी विराजमान सबै विषय बस्तुको त्याग गरी सक्नु भएको थियो । त्यही बेला व्यासजीका भक्त भागवत सिद्ध मैत्रेयजी आईपुग्नुभयो ।

हे उद्धव तिमी पूर्वजन्ममा वसु थियौ, वसुुको यज्ञमा मलाई प्राप्त गर्ने इच्छाले प्रार्थना गर्यौ । म अब मत्र्यलोक छाडेर आफ्नो धाममा जान चाहान्छु । तिमी ठूलो भक्तभएको यो एकान्त स्थानमा दर्शन पाएका हौ, यो सौभाग्य हो । यो संसारमा अन्तिम जन्म हो । मेरो अनुगृह प्राप्त गर्यो । श्रृष्टिको सुरुमा कमलमा बसेका ब्राÞमणलाई आफ्नो महिमा जुन उपदेश दिएका थियौं । त्यही भागवत त्यही ज्ञान अब तिमीलाई दिन्छु, भन्ने सम्मको ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update