Shittalpati
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं

पाल्पा, रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ । संघले निर्वाचनका लागि चैत ८ गते मतदाताहरुको नामावली प्रकाशन गरेको छ ।

यस्तै चैत्र ९ गते मतदाता नामावली माथि दावी विरोध, मतदाताको दोस्रो नामावली प्रकाशन, चैत्र १० गते उम्मेदवारी मनोनयन दर्ता र उमेदवारको नामावली प्रकाशन गरेको छ । यस्तै चैत्र ११ गते दिउँसो २.०० बजेदेखि ४.०० बजे सम्म उम्मेदवार माथि दावी विरोध गर्ने, ४.३० बजे दोस्रो नामावली प्रकाशन गर्ने, चैत्र १२ गते १.०० बजे देखि ४.०० बजे सम्म उम्मेद्वारी फिर्ता लिने, चैत्र १२ गते ४.३० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत्र १४ गते विहान १०.०० बजे देखि ४.०० बजे सम्म मतदान हुने निर्वाचन मण्डलले जनाएको छ । संघको गत पौष २१ गते सम्पन्न सातौँ साधारण सभाले माघ १० मा निर्वाचन गर्ने भने पनि कोभिड संक्रमणका कारण थगित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update