Shittalpati
लागूऔषध सहित पाँच जना पक्राउ

पाल्पा, लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ थान मोबाइल र १ थान तौल गर्ने मेसिन फेला पारेको छ । यस्तै दाङको घोराही उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय विक्रम चौधरीसहित ३ जनालाई १ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनारीको घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१७ का २८ वर्षीय विक्रम चौधरी सहित तीन जनालाई पक्राग गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारेको हो । सोही उपमहानगरपालिका–१५ स्थितपार्वती रेष्टुरेण्टमा खाजा खाइरहेका व्यक्तिहरूसँग लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update