Shittalpati
कालीगण्डकी नदीमा डुवेर एक युवकको  ज्यान गयो

पाल्पा, कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।

बेपत्ता उनको खोजतलास गर्दा विहीबार दिउँसो सोही ठाँउमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए । बस्नेत विगत ७ महिनादेखि कालीगण्डकी करिडोरमा जेविसी चालकका रुपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update