Shittalpati
कालीगण्डकी  नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता

पाल्पा, कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।

बस्नेत विगत ७ महिनादेखि कालीगण्डकी करिडोरमा जेविसी चालकका रुपमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता बस्नेतको प्रहरी चौकी अर्गलीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए ।

 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update