Shittalpati
चिया गफले हुन्न पर्यटन व्यवसाय !

जीवलाल सुवेदी
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेका छन् । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावट जस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो व्यवसायको माध्यमद्वारा देश विकासको गतिलाई तीव्रता दिने महत्वपूर्ण औजारका रूपमा रहेको छ । पर्यटन क्षेत्रमा भएको अध्ययनले समेत आर्थिक वृद्धि र पर्यटन उद्योग बीचमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस व्यवसायको विकास र विस्तारबाट मात्र आर्थिक समृद्धि गर्न सक्ने देखिएको छ । पछिल्लो समय धेरै मानिसहरु पर्यटन व्यवसायतर्फ आकर्षिकत भएको पाइन्छ । तर पर्यटन व्यवसायीमा पर्याप्त ज्ञान नहुँदा जुन रुपमा पर्यटनको विकास हुनुपर्ने हो त्यसो भने हुन सकेको छैन । यहाँ पर्यटन व्यवसायीमा लागेका अधिकांश व्यवसायीहरु नै पर्यटनको विषयमा अनविज्ञ छन् । पर्यटन क्षेत्र कस्तो हुनुपर्छ र यसको मुख्य विषय के हो ? भन्ने विषयमै पर्यटन व्यवसायी अनविज्ञ हुनु दुखद् हो । यसको परिणाम पर्यटन क्षेत्रको विकासले खासै फड्को नमार्नु हो । जुन क्षेत्रमा आवद्ध भइएको छ सोही क्षेत्रमा विज्ञता हासिल गर्न सकिए मात्र त्यो क्षेत्रको विकास र विस्तार हुने कुरामा दुई मत नै छैन । पर्यटन व्यवसायीहरु संगठित भए पनि उक्त क्षेत्रको विषयमा पर्याप्त जानकारी नहुँदा पर्यटन व्यवसायीमा थु्रपै समस्या रहेका छन् । यस क्षेत्रमा समस्या रहे पनि समाधानका प्रशस्त संभावना पनि रहेका छन् । यसर्थ पर्यटन व्यवसायी, समस्या र समाधानका विषयमा यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।

आर्थिक समृद्धिको मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई पनि लिने गरिन्छ । यहाँ पर्यटनलाई भजाएर आर्थिक समृद्धिका थुप्रै नारा र चिया गफ हाक्ने गरिन्छ । तर त्यसका समस्या, समाधान र सम्भावनाका विषयमा भने कमै मात्रमा खोज अनुसन्धान गर्ने गरेको यथार्थ हो । पाल्पा लगायत देशभर पर्यटनका प्रसस्त सम्भावनाहरु रहेका छन् । तर ति सम्भावनाहरुको उचित परिचालन र पहिचान हुन सकेको अवस्था छैनन् । पाल्पामा थुप्रै पर्यटन व्यवसायीहरु छन् । तर ति व्यवसायीहरुलाई पर्यटन क्षेत्रको विषयमा पर्याप्त जानकारी र ज्ञान दिन सकिएको छैन । जसका कारण यहाँको पर्यटन क्षेत्रले गति लिन सकेको छैन । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न त्यस विषयमा ज्ञान, अनुभव र तालिम अपरिहार्य हुन्छ । तर यहाँ त्यस्तो छैन । यो विडम्बनाको कुरा हो । पाल्पा जिल्ला आफैमा पर्यटनकीय जिल्ला हो । यहाँका पर्यटन व्यवसायीहरुलाई आवश्यक तालिम र ज्ञानको अभावमा यहाँको पर्यटन क्षेत्रले गति लिन नसकेको हो भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन व्यवसायीहरुलाई समय–समयमा छलफल, गोष्ठी, सेमिनार, तालिम जस्ता कुराहरुको आवश्यकता पर्दछ । तर पाल्पाको हकमा भने त्यो कुरा हुन सेकेको छैन । यहाँका स्थानीय सरकारहरुले पर्यटनका नारा घन्काए पनि त्यसको विकास र विस्तारका लागि चाहिने न्यूनतम विषयमा समेत चासो देखाएका छैनन् । यहाँका पर्यटन व्यवसायीहरुलाई तालिम, प्रशिक्षण जस्ता जानकारीमूलक कार्यक्रम गर्नेतर्फ कसैले पनि ध्यान दिन सकेका छैन । स्थानीय स्तरमा रहेका संघ–संस्था र स्थानीय सरकार यस्ता विषयमा मौन बस्नु यो दुःखको हो । आफ्ना स्थानीय तहमा भएका पर्यटकिय स्थलका विषयमा समेत केही जनप्रतिनिधिहरु जाकार नै छैन् । धार्मिक, ऐतिहासिक, सामाजिक र हरियाली पर्यटकिय स्थलहरु आफ्नै वरिपरि छन् । त्यसको गुण के हो र यस्ता स्थलबाट के फाइदा लिन सकिन्छ भन्ने नै ज्ञान प्राप्त छैन । पर्यटन क्षेत्रका लागि भनेर वर्षमा लाखौ बजेट छुट्याइन्छ तर त्यो बजेट कागजीमा मात्र सिमित हुन्छ ।

आफ्नो जिल्लामा कस्तो पर्यटकिय स्थल बनाउँदा र त्यसको प्रचार–प्रसार गर्दा के फाइदा हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । यसका लागि वडा तहरुदेखि गाउँपालिका, नगरपालिका प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्दछ । तर यि तहहरुले अहिलेसम्म पनि त्यस्ता योजना र कार्यक्रम बनाएको देखिदैन । त्यसैले पनि धेरै पर्यटनका धेरै कुराहरु ओझेलमै रहेका छन् । हुन त सबै दोष सरकार र सम्बन्धित निकायलाई मात्र दिएर हुँदैन । व्यवसायी स्वयंले नै यस विषयमा चासो देखाउनुपर्छ । पर्यटन व्यवसायहरुले चासो नदिदा पनि पर्यटन क्षेत्र अगाडि बढ्न सकेको छैन । व्यवसायीहरुले आफ्नो मात्र व्यवसाय हेरेकाले यसले समग्रमा यस क्षेत्रले गति लिन नसकेको हो । हाम्रो कर्तव्य के हो ? किन यस्तो अवस्थामा परिणत भयो भनेर उनिहरु पनि छलफल बहस गर्दैनन् । स्थानीय सरकार त झन् कुहिरो भित्र हराइरहेको छ । स्थानीय सरकारले बजेट छुट्याएका छन् तर त्यसबाट आउनुपर्ने परिणाम र सुधारका विषयमा भने प्रतिफल दिन सकेका छैन । जता गए पनि चिया गफमा पर्यटनका कुरा आउने गरेका छन् । यस्तो हालतले कहिल्यै पनि पर्यटन व्यवसायीको विकास हुन सक्दैन र देशले आर्थिक फड्को समेत मार्न सक्दैन । पर्यटनका क्षेत्रमा समेतराजनीति हुने गरेको छ । राजनीतिक भागबण्डामा यस क्षेत्रका लागि बढी भन्दा बढी खर्च गर्ने र आफनो कार्यकर्ता भरणपोषण गर्ने काम मात्र भएको देखिन्छ । यसो हुनु गलत हो । पर्यटनको नाममा अनावश्यक खर्च गरिनु हुन्न । विना प्रतिफल गरिएको खर्चले देशलाई नै कंगाल बनाउने कुरा निश्चित छ । मानौ १ लाख बजेट पर्‍यो भने ७५ हजार गोजीमा २५ हजार काम हुने गर्दछ यसले न त काम सफल हुन्छ न त सुधारात्मक नै देखिन्छ । बजाउन नजान्ने मानिसले मुरली बजाए जस्तै देखिन्छ । हरेक मानिस आफ्नै काममा व्यस्त देखिन्छन् तर वास्तविक कुरा के हो भन्ने विषयमा ज्ञान नै प्राप्त गर्दैन । पृथ्वीमा भूकम्प आयो भने भूकम्प आयो भनेर पृथ्वीमा नै दौडेर हुँदैन आखिर पृथ्वी त हो जहाँ गएपनि सुरक्षित हुन कहाँ सकिन्छ । पर्यटन व्यवसायी अन्तर्गत पर्ने व्यवसायीहरुमा होटल तथा रेष्टुरेण्ट व्यवसायी, यातायात व्यवसायी, होमस्टे व्यवसायी, फिल्म व्यवसायी, रिर्सोट व्यवसायी अन्य यसभित्र पर्ने धेरै व्यवसायीहरु पनि एकजुट हुन आवश्यक छ । किनकी यि व्यवसायी एकजुट नहुँदासम्म निश्चित पर्यटकिय स्थलहरुको योजना बनाउन नसक्नु पनि पर्यटन क्षेत्रका लागि धक्का लाग्नु हो । होटल व्यवसायीहरुले पनि धेरै कुराहरुमा ध्यान नदिँदा पर्यटन क्षेत्रले गति लिन सकेको छैन । हामी अतिथिलाई सत्कार गर्नेदेखि उनीहरुको रुची अनुसारको खाना दिन नसक्नु पनि मुख्य कारण हुन सक्छन् ।

हामीहरुले स–साना गल्ती कमजोरी देख्दैनौ पर्यटक भिœयाउन यि स–साना कमजोरी वा कारण खोज्न नसक्दा व्यवसायीले गति लिन नसकेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा ख्याल गर्नुपर्ने कुराहरु हुन्छन् । आउने अथिति पाहुँना हुन् जो हामीहरुले अतिथिहरु भव भन्ने पनि गर्छौ होटलका लागि पहिलो खाना हो यो बनाउने किचन भनेको मानिसको मुटु जस्तै हो, खाना मिठो नमिठो भन्ने कुरा त विशेष गरेर मानिसको रोजाइ, भोक, इच्छामा निर्भर रहने कुरा हुन् । हामीले देख्ने गरेका छौ, एउटै तरिकाले बनाएको खाना ५० जना मध्ये १० जना लाई मिठो लाग्दैन यस्तो हुनुको मुख्य कारण कसलाई बढी भोक लागेको हुन्छ कसैलाई कम लागेको हुन्छ बढी भोक लागेको मानिसबाट धेरै गुनासो आउँदैन कम भोक लाग्ने केही र भोखै नलाग्ने मानिसहरु धेरै होटलमा गुनासो आउने गर्दछ भने त्यस मध्ये केही बिरामी जस्ता मानिसहरु पनि हुन्छन् तिनीहरुबाट बढी गुनासो आउने गर्दछ । खाना पकाउने मानिस जहिले पनि फूर्तिलो सफा कपडा र नुहाएको हुनुपर्छ । खाना मिठो छ तर मानिस फोहोरी छ भने खानाको सुरुवातमै मानिस निराश हुन्छ र खान मन पराउँदैन त्यसैगरी खानाको सेट मिलेको हुनुपर्छ । मानिसको खाना बनाउनु भन्दा पहिले नजर पुग्दछ जहाँ सेट मिलेको छ टेवुल खाना खाने भाँडा सबै सफा छ खाना पनि गुणस्तर छ भने मानिसले मिठोसँग खाएको हुन्छ । त्यसैगरी किचन, टेवुल, सत्ने वेडबिस्तरा, होटल चलाउने घर राम्रो छ भने मानिस खोजी खोजी आउछन् होटलमा प्रायः गरेर मानिसले बोलिबचन व्यवहार पनि खोजिरहेको हुन्छ । यो त होटल भित्रका कुरा भए । ग्राहक पनि कस्ता खालका हुन्छ स्तर निर्धारण भएरै आएका हुन्छन् । ठूला शहरहरुमा जाने गा्रहक र गाउँ स्तरमा जाने ग्राहक पनि फरक–फरक हुन्छन् ठूला शहर अर्थात् राजधानीमा प्रायः गरेर विदेशी मानिसहरुको बढी चहलपहल हुन्छ भने ग्रामीण क्षेत्रमा स्थानीय अर्थात् आन्तरिक पर्यटनहरु हुन्छन् । होटलहरु खास गरेर रेष्टुरेन्ट होटल लज फास्टफुट यस्तै खालका हुने गर्दछन् ।

गाउँमा खोलिएका होटलहरु अलि स्तरीय हँुदैनन् सफा पनि हुँदैनन् त्यसैले यिनिहरुका लागि हस्पिटललाइज तालिम भ्रमण गोष्ठी, सेमिनार गराई राख्यो भने उनीहरुमा चेतनामा वृद्धि हुनुका साथै सफा बनाउनुपर्छ र पाहँुना धेरै भिœयाउनु पर्छ भन्ने ज्ञानले नै आर्थिक वृद्धि हुन जान्छ नत्र त खानामा झिंगा भन्कने खाना खाने भाडा सफा नहुने, मानिसले ननुहाउने, सफा कपडा नलगाउनेले होटल रेष्टुरेन्ट व्यवसायमा एक पटक आएको पाहुँना पुनः नआउन पनि सक्छन् । यसले बढी हानी गर्दछ । पर्यटन क्षेत्रभित्र पर्ने यातायात व्यवसाय पनि एक हो । होटल भन्दा पहिलो यात्रा व्यवसायी यो पनि पर्ने गर्दछ । मुख्य गहनाका रुपमा आउने पर्यटक नै ल्याउने र लैजाने भनेकै यातायात व्यवसाय हो । यसमा पनि धेरै कुराहरुमा भर पर्दछ जस्तो गाडी कस्तो छ सिट कस्तो छ । ड्राइभ गर्ने मानिस कस्तो छ । भाडादर स्थान यी सबै कुराहरु हेर्ने गरिन्छ । आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकहरु प्रायः जसो सार्वजनिक यातायात बढी प्रयोग गर्ने गर्दछन् । यसमा पनि खास गरेर गाडीवालाको ब्यवहार प्रति बढी ध्यान केन्द्रित गरेका हुन्छन् । अरु फिल्म डकुमेन्ट्री व्यवसायले पनि आन्तरिक बाÞय पर्यटकहरु भिर्याउने कुरामा बढी मद्दत पुर्‍याएको हुन्छ । जस्तो पाल्पाको रानीमहलको बारेमा राम्रो सिन बनाएर फिल्म मानिसहरुले देखे भने एकचोटी जाउन त भन्ने मानिसहरुले योजना बनाउछ । पाल्पा कै सन्र्दभमा हेर्ने हो भने यहाँ पहाडी स्थानमा बजार छ । यसका वरिपरी मठमन्दिरले सजिएको छ । यहाँका दुई वटा नगरपालिका र आठ वटा गाउँपालिका भित्र सयौं ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पर्यटक स्थलहरु छन्, यिनीहरुलाई सजाएर चिटिक्कै बनाउने हो र प्रचार–प्रसार गर्ने सक्ने हो भने नेपालभरको राम्रो र सुन्दर जिल्लाको रुपमा पाल्पा जिल्ला पर्दछ । मुख्यत यहाँका व्यवसायीहरु भन्दा पहिले पर्यटक स्थलहरु हेर्न र किन्न आउँदा सबै व्यवसायीहरु चल्ने हुन् । पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायले यति बेला सबै गाउँपालिका नगरपालिका र वडा वडामा समेत होटल अभिमुखिकरण तालिम सञ्चालन गर्दै आएको छ । यसको मुख्य उद्देश्य भनेको सफा गाउँ, सफा होटल, सफा पर्यटक स्थल, बालश्रम अन्त्य, गुणस्तर रुपमा खाना र व्यवसाय दर्ता गरी ढुक्कसँग व्यवसाय गरौ भन्ने नै हो ।

पाल्पामा प्रवेश गर्ने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरुले पाल्पा जानु नै पर्दछ किन भने नेपालकै नमुना होटलहरु छन् । जहाँ बोली बचनदेखि सबै व्यवहार राम्रो छ भन्ने कुरा यहाँ पाइन्छ । हामीहरु धेरै कुराहरुमा सानो सोंच बनाउँदा कछुवाको रफ्तारमा हुने गरेको छ अब आफै घरको अगाडिको बाटो बिग्रेको छ अथवा फोहोर छ भने सरकार आएर बनाईदिने होइन त्यो बाटो हाम्रो र हामी आफैले बनाउँदा हिड्न सजिलो र सफा हुने छ । सबै तह क्षेत्रबाट हुन सक्यो भने कछुवाको गतिबाट हामी निश्चित रुपमा अगाडि बढ्नेछौ । तसर्थ चिया गफमा गरेका कुराले अब पर्यटनको विकास हुन सक्दैन, त्यसका लागि सबै आ–आफ्ना ठाउँबाट कम्मर कसेर लाग्न जरुरी छ ।

(लेखक होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ पाल्पाका वरिष्ठ उपाध्यक्ष र प्रेस सेन्टरका केन्द्रीय सदस्य समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update