Shittalpati
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन

पाल्पा, पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् । चौतारी सञ्चालनको लागि सल्लाहकारदेखि सदस्य सम्मको टीम गठन गरिएको छ । सल्लाहकारमा शान्ता शाक्य, पुष्कर अथक रेग्मी र डा. शंकर गैरे रहेका छन् । एड्मिनहरुमा नारायण कोइराला, सीता बिष्ट कार्की (सीबिका) गोम विक्रम, गणेश नेपाली तथा सदस्यमा कमला देवकोटा, शोभा गौतम, जनक कार्की र बिपिन आचार्य रहेका छन् ।

कुनैपनि साहित्य समाजको पार्दर्शी ऐना हो यसबाट समाजको बस्तुस्थिती, परिवेश, घटनाक्रम छर्लङ्ग देख्न सकिने चौतारीको विश्वास छ । नेपाली साहित्यको विधाहरुमा आख्यान विधा महत्वपूर्ण विधा भएकाले आख्यानको माध्यमबाट नेपाली भाषा साहित्य कला संस्कृतिको श्रीवृद्धि गर्ने उद्देश्यका साथ हामी पाल्पाली साहित्यकारहरुको केहि समूहले आख्यान चौतारीको परिकल्पना गरिएको साहित्यकार नारायण कोइरालाले बताए । उनले भने‘ यो एउटा हरियो खाली चौर हो जसमा सर्जकहरुले अक्षरहरु रोप्नेछन् ।’ आख्यान चौतारीमा निबन्ध, प्रबन्ध, कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न सकिनेछ साहित्यका कोइरालाको भनाई छ । आख्यान बाहेक अन्य विधाका सिर्जनाहरु पोष्टलाई स्थान नदिइने चौतारीले जनाएको छ । चौतारीको परिकल्पना साहित्यको अलिकति भएपनि शुन्दर बिहानको झुल्केघाम बनेर नेपाली साहित्यको श्रीवृद्विको संभावनाको पाइला बन्ने कोइरालाले विश्वास व्यक्त गरे । नेपाली साहित्यको विकास र विस्तारका लागि स्वदेश तथा विदेशमा बसेका नेपालीहरूले थप योगदान पुराउन सक्छन् भन्ने उद्देश्यका साथ आख्यान चौतारी गठन गरिएको जनाइएको छ । पाल्पालीले गठन गरेको भएता पनि यो सबैको साँझा चौतारीका रुपमा रहेको सल्लाहकार पुष्कर अथक रेग्मीले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update