Shittalpati
पाल्पामा फरार अभियुक्त पक्राउ

पाल्पा,  जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।

ठडराइले विना इजाजत राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । अभियुक्त ठडराईले रुख कटान गरी ओसार प्रसार समेत गर्ने गरेको जनाइएको छ । वनमुद्धामा पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भएपनि ठडराई फरार रहेका थिए । उनलाई अदालतले १ लाख १६ हजार १ सय ५६ नगद जरिमाना समेत गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको प्रहरीले जनाएको छ ।

उनी लामो समयदेखि फरार सूचिमा रहेका थिए । प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका व्यक्तिहरुको खोजी गरी धमाधम पक्राउ गर्दै आएको छ । यस अघि प्रहरीले अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका केही व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाई सकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update