Shittalpati
नेकपा पाल्पाले तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने

पाल्पा । नेकपा पाल्पाले तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । पार्टीलाई व्यवस्थित र बलियो बनाउन नेकपाले तीन महिने घरदैलो अभियान सञ्चालन गर्न लागेको हो ।

तासनेनमा बसेको नेकपा जिल्ला कार्यसमितिको तेस्रो पूर्ण बैठकले चैत्र १ गतेदेखी तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने बताएको छ । बैंठकले अभियानको तयारीका लागि स्वरुप आउदो २९ गते क्षेत्र नम्बर १ को क्षेत्रिय कमिटीको बैठक ताहुँमा र क्षेत्र नम्बर २ को बैठक तानसनेमा बस्ने निर्णय गरेको छ । बैठकले तीनै तहका सरकारबाट विनियोजित बजेटबाट भएका विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न सहयोग गर्ने र विकासे योजनाहरुमा भ्रष्ट्राचार हुन नदिन निगरानी गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

बैठकमा नेकपा प्रदेश पाँचका सह इञ्चार्ज दलबहादुर रानाले नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकजुट भई अघि बढ्ने बताए । उनले पार्टीलाई थप व्यवस्थित र बलियो बनाउनका लागि तीन महिने घरदैलो अभियान सञ्चालन गर्न लागिएको जानकारी गराए । नेकपा प्रदेश पाँचका अध्यक्ष ओनसरी घर्तीले देश र जनताको हितमा वर्तमान सरकारले काम गरिरहेको बताईन । उनले नेकपालाई बलियो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरु एकजुट भई अभियानमा लाग्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । बैठकमा नेकपा पाल्पाका इञ्चार्ज सोम प्रसाद पाण्डेयले नेकपा नेतृत्वको सरकारले देश जनताका पक्षमा राम्रा काम गर्दा प्रतिपक्ष दलहरु अतालिएको बताए । नेकपा जिल्ला सह इञ्चार्ज तुलाराम घर्तीले नेता तथा कार्यकर्ता इमान्दार भई पार्टीको काममा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकले जिल्ला सल्लाहकार परिषद, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च, प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीमा थप सदस्यहरुको मनोनित गरेको प्रचार विभाग प्रमुख गुरास आत्रेयले जानकारी दिए । यसअघि नेकपा बनेपछि मासिक ५० रुपैयाँ तोकीएको पार्टी सदस्यता शुल्क वा लेवी केन्द्रीय बैठकले मासिक २५ रुपैयाँ कायम गरेकाले सोही अनुसार उठाउन र यस अघि उठिसकेको रकम अर्को वर्षको नविकरणमा खर्च गर्ने जनाइएको छ । बैंठकमा कार्यालय सदस्य मथुरा ढकालले परिपत्र बाचन गरेका थिए । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नरायण आचार्यको अध्यक्षता, सदस्य कमल पाण्डेयको स्वागत, सचिव गिर बहादुर बगालेको सञ्चालनमा बैंठक भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update