Shittalpati
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे

गुल्मी, भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।

जसको उपाध्यक्षमा रामचन्द्र पन्थी, सचिवमा कृष्णप्रसाद पोखरेल, कोषाध्यक्ष हिरा कुँवर, सह–सचिवमा अनिल खत्री चयन भएका छन् । अधिवेशनले पदाधिकारीसहित १५ सदस्यीय जिल्ला कार्य समिति समेत चयन गरेको छ । साधारण सभाले अध्यक्ष पदमप्रसाद पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलद्धारा पस्तुत प्रतिवेदन पारित गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले जिल्लामा पनि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो । भ्रष्टाचार विरुद्ध क्रियाशील संघसंस्थाहरूको बीचमा समन्वय गर्दै नागरिक समाजको सक्रियतामा सार्वजनिक विकास निर्माण तथा सेवाप्रवाहमा भ्रष्‍टाचार भए नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवद्र्धधनात्मक कार्यक्रमहरूमार्फत भ्रष्‍टाचार नियन्त्रणको अभियानमा प्रभावकारिता ल्याउनका लागि जिल्लामा ०७५ साल फागुन ३ गते तदर्थ समिति गठन भएको थियो । संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीति अनुसार अगाडि बढ्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update