Shittalpati
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड

गुल्मी, जिल्लाको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।

सदरमुकाम तम्घास प्रवेश गर्ने नाकाहरुमा ट्राफिक जनचेतना मुलक नागरिक सचेतना बोर्ड राखिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रवेश गर्ने स्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–४ को बाघमारे र वडानम्बर–८ को भगवती मन्दिर जनिकै ट्राफिक नागरिक सचेतना बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । क्लवले सामाजिक उत्तरदायित्व स्वरुप तम्घास बजारका दुईवटा सवारी चाप हुने स्थानमा सचेता बोर्ड राखेको क्लवका उपाध्यक्ष सुरक्ष पोखरेलले बताए । बोर्डमा तिब्र गति जीवनको क्षती, समुदाय प्रहरी लगायत दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक सन्देश र तस्विर राखिएको छ । बोर्डमा सवारी चालक लगायत नागरिकलाई दुर्घटना न्यनीकरण र ट्राफिक जनचेतना मूलक सन्देशहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक आचार्यले बताए । उनले तम्घासका सवारी चाप हुने स्थानमा राखिएको बोर्डले दुर्घटना न्यूनीकरण गर्नका निम्ति मद्दत गर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्न बिभिन्न संघ संस्थाको सहकार्यमा सचेतना मूलक कार्यक्रमलाई तिब्रता दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हल्वदार नविन भण्डारीले बताए । सचेतना बोर्ड राख्ने कार्यमा ट्राफिक प्रहरी र क्लवका अध्यक्ष बिक्रम बुढाथोकी, महासचिव नारायण आचार्य लगायतको टोलीले राखेका हुन् । उनीहरुले क्लवले वर्षेनी एउटा–एउटा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने उद्देश्य स्वरुप काम गर्दै आएको बताए । –अनिल खत्री

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update