Shittalpati
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने

पाल्पा, जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तोस थापाका अनुसार पालिकामा सक्रिय संक्रमितको सख्या पाच जना मात्र रहेकाले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार पालिकाले भदौ २८ गतेदेखि विद्यालय सञ्चालन गर्ने बताए । उनले कोभिड १९ बाट बच्ने सुरुक्षा तथा स्वस्थ्य मापदण्डहरु पूर्णरुपमा पालना गर्नुका साथै कोभिड १९ का लक्षण देखिएका वा अन्य स्वास्थ्य समस्या भएका शिक्षक, कर्मचारी तथा विद्यर्थीहरुलाई विद्यालयमा उपस्थित नगराई स्वास्थ्य संस्थामा सम्पर्क गर्ने लगायतमा विषयमा छलफल भएको बताए । उनले दुईवर्ष यता विद्यालय सञ्चालन नहुँदा बालबालिकामा मनोवैज्ञानिक असर समेत परेकोले जिल्ला कोभिड व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको र सोही अनुसार स्मार्ट लकडाउनको कार्ययोजना अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।

 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update