Shittalpati
ध्यान र तीर्थयात्रा (भाग–५)

भगवान श्री कृष्णको रुप कस्तो सम्झेर ध्यान गर्नुपर्छ भन्ने अत्यन्त सुन्दर रुपको वर्णन सुनेपछि राजा परीक्षीतले विभिन्न विषयमा प्रश्न गर्नुभयो । कामना अनुसार भिन्न देवताहरुको उपासना भगवान भक्ति सर्व श्रेष्ठता निरुपण शुकदेवजीले कथारम्भमा ब्रÞमतेज प्राप्त ब्रÞमाको उपासना गर्नुपर्छ । इन्द्रियहरुको शक्ति प्राप्त गर्न ईन्द्रको र भगवानको रुपको किरिटी कुण्डल लगाई मणि, हीरा, वनमाला शंख चक्र गदा पद्यधारणा भगवानलाई हृदयमा राखि ध्यान, मनन्, भजनकिर्तन गरिकन जति–जति बुद्धि शुद्व हुँदै गयो उति–उति चित्त स्थिर हुँदै जान्छ । माथि विराट रुप भगवानको वर्णन गरिसकेको छु । त्यस्ता भगवानको रुप ध्यान गर्दा दुई आँखा, दुई कान, दुई वटा नाकका प्वाल र मुख यि सात (७) छिद्रलाई रोकेर तालुमा रहेको वायुलाई रोकेर दुई आँखाको बिचमा आज्ञा चक्रमा लैजानुुस् र भगवानको ध्यान गरेमा परब्रÞम परमात्माको भक्त भई ज्ञान प्राप्ति भई मोक्षको मागर्मा गइन्छ ।

शुकदेवजीले कामना अनुसार भिन्न–भिन्न देवताहरुको उपसनाको वर्णन तथा भगवान भतिको सर्वश्रेष्ठताको निरुपण बताउँदै ईन्द्रिय शक्तिको लागि ईन्द्रको उपासना, सन्तानको ईच्छा गर्नेले प्रजापतिको उपासना, लक्ष्मीको ईच्छा गर्नेले माया देवीको उपासना, तेजको चाहाना गर्नेले अग्निको, धनको कामना गर्नेले बसुको उपासना, वीरताको ईच्छा गर्नेले रुद्रको उपसाना गर्नुपर्छ भन्ने ज्ञान पनि दिनु भयो । साथै अन्य शक्तिका बारेमा भन्दै स्र्वगको इच्छा राख्नेले देवता कृष्णको, राज्यको इच्छा गर्नेले विष्णु देवताको र आँखाको ईच्छा गर्नेले अधिनी कुमारको उपासना, रुपको ईच्छा गर्नेले गन्दर्भको, राम्री स्त्रीको इच्छा गर्नेले उर्वशी अप्सराको उपासना, सबैको मालिक बन्नेले ब्रह्माको, यशको कामना गर्नेले विष्णुको, प्रेम राख्न खोज्नेले पार्वतिको, सन्तान वृद्धिको लागि पितृको उपासना ।

यस्ता धेरै कुराको ज्ञान प्राप्ति गराउनुभयो भनेर परीक्षितले सोधिएका प्रश्नहरुको उत्तरमा राजाको सृष्टि विषयक प्रश्न र मङ्गला चरण पूर्वक शुकदेवजीको कथारम्भको बारेमा वर्णन यस प्रकारले गर्नुभयो कि राजा परीक्षितले आफनो शुद्ध वुद्धिले आप्mना छोरा आफनो शरीर श्रीमती, घर, पशुधन घोडा हात्ती, गाई बन्धु सुखको राज्यले बलियो जरा गाडेकोले त्यसलाई त्याग गरि छाडी परमात्मामा लिन गराउने र जति–जति कथा भन्दै जानुहुन्छ त्यतित्यति अज्ञानको पर्दा नष्ट हुदै जान्छ । शुकदेव स्वामी आज्ञा गर्नु हुन्छ कि हे राजन ! संसारको उत्पति स्थिति प्रलय रुप लिला गर्नको निम्ति सत्व, रज, तमरुप तीन शक्तिलाई स्वीकार गरी ब्रह्मा, विष्णु, शंकरको रुप धारणा गरी समस्त चर–अचर प्रप्तिको हृदयमा अन्तरयामी रुपले बिराजमान हुने जसको स्वरुपको चरणमा कोटी–कोटी प्रणाम गदै पञ्चमहाभूतले बनेको जस्तै ज्ञानेन्द्रीय, कर्मेन्द्रीय पाँच प्राण एक मन यस्तो पवित्र पार्ने एकमात्र यो श्रीमद्ध भागवत नारायणले ब्रह्माजीलाई, ब्रह्माजीले नारदलाई सुनाउनु भयो ।

त्यही भागवतमा भगवानको विराट रुपबाट जगतको उत्पत्तिको वर्णन हे पिता ब्रह्माजी मलाई आज्ञा होस कि यो संसारको लक्षण के हो ? यसको आधार के हो ? कसबाट यो संसारको निर्माण भएको हो ? कसरी यसको प्रलय हुन्छ ? यो कसको अधिनमा छ ? वास्तवमा यो के कुरा हो ? कृपा गरी आज्ञा हो भने नारदले भनेपछि ब्रह्माले भन्नुभयो हे बावु १ नारद तिमीले भनेका कुरा सत्य हुन् भगवानलाई नमन गर्दै मायामा भुलेरनै सबै खाडलमा पर्दछन् । मायाले आज्ञानी मानिसहरु यो म हुँ १ यो मेरो हो भन्छन् वास्तवमा यी कुनै पनि भगवानदेखि भिन्न छैनन् । वेदले नारायण को महिमा गाउँछन् । यज्ञ नारायणकै प्रशन्नताको लागि गरिन्छ ।

सौन्दर्य भगवान नारायणका आज्ञाले मैले श्रृष्टि गरेको छु । भगवानकै शक्तिका कारण यो ब्रह्माण्ड काल, सत्व, रज, तमको बारेमा प्रष्ट भयो । भगवानको सर्व शक्तिको वर्णन गर्दै भन्नुहुन्छ हे नारद भगवानको कम्बर मुनी अङ्गमा तलका सात पातालको माथि सातलोकको कल्पना गर्दछन् । ब्राह्मण मुख हुन्, हात क्षेत्री हुन् तिघ्रा बैष्य हुन्, चरण शूद्र हुन्, भगवानको नाइटोमा भूवलोक, हृदयमा स्वर्गलोक, वक्ष स्थलमा महलोक, घाँटीमा जन लोक दुवै स्थनमा तपोलोक, मस्तिष्कमा सत्यलोक, कम्बरमा अतल, छातीमा वितल, घुडाँमा सुतल र तिघ्रामा लातलको कल्पना गरिएको छ । गोलीगाँठामा मन्वन्तर, कुरकुच्चामा रसातल, पैतालामा पाताल, नाभिमा भुवलोक, शिरमा स्वर्गलोक कल्पना गरिएको छ । भगवानले ब्रÞमाजीलाई चतुश्लोकी भगवानको उपदेश गर्नुभन्दा अगाडी स्पर्श वर्णको सोह्रौं अक्षर ‘त’ र स्पर्श वर्णको २१ असर ‘प’ भन्ने सुने यसको अर्थ तप (तपस्या) गर्नु हो ।

तपस्याबाट भगवानले बैकुण्ठ देखाउनु भयो भन्ने र यो भागवत चार श्लोकमा सुनाउनुभयो । अहमेवा..। पुरुष, प्रकृति, महत्व, अहड्ढार यी चार शक्ति र दश इन्द्रीय एघार मन, सोह्र शक्ति र शन्द, रुप, रस, गन्ध र स्पर्श । यी पाँच शक्ति सम्रग ऐश्वर्य, धर्मकीर्ति, श्री ज्ञान र वैराग्य यी छ नित्या सिद्धी हुन् । सबै शक्तिले सम्पन्न भगवानको दर्शन आनन्द भएका ब्रÞमाजी रोमाञ्चले हर्षाश्रु पात भयो । ब्रह्माजी जल कमलमा विराजमानले भगवानका नामी कमलमा भन्नु भयो हजुरको सगुण, निगुण सहित श्रृष्टि कर्ताको रुपमा स्थापित गरी पाँउ त्यस्ता भगवानबाट वरदान प्राप्त गरि संसारको सृष्टि गर्नुभएको हो । सबै प्रकारका उपदेश भगवानबाट प्राप्त गरी व्रÞमाजीलाई सबै उत्तर भागवानद्वारा नै दिने हे ब्राÞमण भनि भगवान बाट आर्शिवाद प्राप्त भयो भन्ने कुरा यो श्रीमद भागवतको द्वितीय स्कन्दको नवौँ अध्याय सम्ममा विस्तार गरियो । अब भागवतको दश लक्षणको बारेमा दशौं अध्यायमा वर्णन गर्दै हुनुहुन्छ ।

शुकदेव स्वामीले परीक्षीत महाराजलाई भन्नुभयो । हे राजन यो भागवतमा सर्ग, विसग, स्थान, पोषण, उति, मन्वन्तर, ईशानुकथा, निरोध्न, मुक्ति, आश्रय । यी दश प्रकारका लक्षणको वर्णन गरिएको छ । साथै भागवतको दश लक्षणको बारेमा बताईएको छ । पञ्च माहाभूत, पृथ्वी, अप, तेज, वाय्, आकाश (पञ्चतन्मात्र शब्द, स्पर्श, रुप, रस, गन्ध, इन्द्रियहरु, ज्ञानेन्द्रिय, श्रोत्र, त्वक, चक्षुषी, जिद्वा, नासिका, क्रर्मेन्द्रिय, पायु, उपस्थ, हस्त, पाद, वाक) अहड्ढार, महतत्व, रसित्व, रजस, तमस यी सबैको उत्पत्ति हुन्छ । त्यसलाई सर्ग भन्छन् । विराट पुरुषबाट उत्पत्ति संम्पूर्ण चराचर सृष्टि निमार्णलाई विसर्ग भन्दछन् । भगवानको श्रेष्ठतालाई स्थिती भन्दछन् । भक्तहरुप्रति जो कृपा हुन्छ त्यसलाई पोषण भनिन्छ । भक्तहरुको भक्तको नाम मन्वन्तर हो ।

कर्मद्वारा बन्धनमा पार्ने जीवहरुको बासनालाई उति भनिन्छ । यस्ता विराटबाट उत्पत्तिको सारा वर्णन गर्दै माथि बताई एक इन्द्रियहरुबाट मानिसका अंगका सब कुराको सांराश शुकदेव स्वामीले वर्णन गर्नुभयो । मनवन्तर कल्पको वर्णन गरि पुरुषको पनि वर्णन आफ्ना भाई बन्धु हरुलाई छोडन गारो मान्दै विगुरजी पृथ्वीका विभिन्न तीर्थ भ्रमण गर्नु भएको प्रस· पनि बताउनु भयो । तीर्थयात्राका क्रममा मैत्रेय भगवानसगँ विदुरले प्रश्न गर्दा कुन–कुन तत्वको उपदेश गर्नुभयो । सबै विदुरको चरित्र सुनाउनु होस् भनि प्रश्न गरीएका परिक्षीत महाराज लाई सुतजीले सुनाउनु हुनेछ भन्ने कथा यो द्वितीय स्कन्दको दशै अध्यायले वर्णन गरियो । अब तृतीय स्कन्दमा सूतजीले राजा परिक्षीतलाई विदुर र मैत्रेयको संवाद सम्पूर्ण विस्तार गरी बक्सने छ भनि द्वितीय स्कन्ध समाप्त गरियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update