Shittalpati
अझै २३ जिल्ला साक्षर हुन बाँकी

पाल्पा, साक्षर अभियान सुरु भएको १५ वर्ष बितिसक्दा ५४ जिल्ला साक्षर घोषणा भएका छन् । संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित अभियान सञ्चालन गरेको लामोसमयसम्म पनि सबै जिल्ला साक्षर घोषण हुन सकेका छैनन् । ७७ जिल्ला मध्ये अझै २३ जिल्लाहरु साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

२३ जिल्लाका दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । हाल ३५ हजार ६ सय ७४ कुल विद्यालय रहेकोमा २७ हजार ८ सय १८ सामुदायिक विद्यालय, छ हजार ७ सय ३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ ।

नेपालमा हरेक वर्ष सेप्टेम्बर ८ मा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ छ । यस वर्ष पनि भर्चुअल र अन्य माध्यमबाट बुधबार अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिमा कार्यक्रमहरु भने हुन सकेनन् । हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत रहेको छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update