Shittalpati
अस्ताए शिक्षाका ज्योती पोखरेल

पाल्पा,पद्मपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका सहायक प्रधानाध्यापक बिष्णु पोखरेलको निधन भएको छ । उच्च रक्तचापका कारण उनको ५६ वर्षको उमेरमा बुधबार विहान निधन भएको हो ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका पोखरेल शिक्षाको ज्योतिको रुपमा उदाएका थिए । शिक्षक, विद्यार्थी, अभिभावक र सबैका प्रिय रहेका पोखरेलको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

शिक्षा क्षेत्रको एक धरोहर गुमाउनुपरेको प्रति जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ताप्लेजुङ जिल्लामा जन्मिएका पोखरेलको स्थायी भर झापा रहेपनि लामो समय पाल्पा जिल्लामा रहेर शिक्षण गर्दै आएका थिए । पोखरेलका दुई छोरा र श्रीमति रहेका छन् । अचानक भएको उनको निधनप्रति विभिन्न व्यक्ति तथा संघ संस्थाले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update