Shittalpati
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

पाल्पा, आज ५५ औं अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघका सदस्य राष्टूमा साक्षरताको महत्व उजागर गर्नु यसको मुख्य उद्देश्य थियो ।

नेपालले पनि यसलाई शैक्षिक पर्वका रूपमा मनाउँदै अएको थियो । नेपालले विक्रम संवत् २०३२ देखि २०६३ सालसम्म शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस छुट्टाछुट्टै मनाउँदै आएकोमा २०६२/०६३ को परिवर्तनपछि सेप्टेम्बर ८ लाई नै राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउँदै आएको छ । तर, विगतका वर्षहरूमा ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गत वर्षदेखि भने शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिनमा मनाएको छ । जनगणना २०६८ अनुसार नेपालमा करिब ३४ प्रतिशत जनसंख्या अझै निरक्षर छन् । अहिले यो संख्या केही घटेकोे छ । विगतका वर्षहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्जनौं कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिएको भए पनि कोभिडका कारण गतवर्षदेखि भने कुनै पनि औपचारिक कार्यक्रम हुन सकेका छैनन् । विभिन्न भर्चुअल कार्यक्रमहरू भने आयोजना हुने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update