Shittalpati
पाल्पामा नेकपा एसमा एक जना मात्र जनप्रतिनिधी

कृष्ण पोखरेल

पाल्पा , निर्वाचन आयोगले मुल पार्टीबाट विभाजित भएका प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरुलाई भदौ २२ गतेसम्म दल रोज्न दिएको समय सिमा भित्र पाल्पामा एक जनाले मात्र नेकपा एस रोजेका छन् । रम्भा गाउँपालिका – ५ का वडा सदस्य ईश्वरी प्रसाद श्रेष्ठले मात्र नेकपा एस रोजेका हुन । जनप्रतिनिधी श्रेष्ठले मंगलवार दिउसो पौनी ४ बजे जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगी नेकपा एमाले छोडी नेकपा एसमा प्रतिनिधी कायम गरिदिन निवेदन दिएका हुन । पाल्पाको १० वटा स्थानीय तहमध्ये नेकपा एमालेबाट ६ वडा पालिकामा एक मेयर सहित ५ वटा अध्यक्ष, ७ वटा पालिकामा उपाध्यक्ष, ४१ वडामा वडाअध्यक्ष सहित २ सय ६५ जना स्थानीयतहमा निर्वाचित भएकोमा २ सय ६४ जना एमालेमै कायम रहेका छन् भने १ जना सदस्यले मात्र नेकपा एस रोजेका हुन । यसैगरी जिल्ला समन्वय समितिमा कार्यवाहक प्रमुख सहित ८ जनाले नेकपा एमाले रोजेका छन् । समन्वय समितिका प्रमुखको निधन भईसकेकाले हाल कार्यवाहक प्रमुख सहित ८ जना मात्र जनप्रतिनिधी समन्वय समितिमा रहेका छन् ।

लुम्विनी प्रदेश सभामा नेकपा एमालेबाट पाल्पाबाट ४ जना निर्वाचित र एक जना समानुपातिक सांसद रहेकोमा समानुपातिक सांसद रमा घर्तीले नेकपा एस रोजेकी छन् भने ४ जना एमालेमै कायम रहेका छन् । यसै गरी संघीय सांसदमा पाल्पामा २ जना नेकपा एमालेबाट निर्वाचित भएकोमा आधिकारिक रुपमा दुबै जना एमालेमा रहेको भएपनि सोम प्रसाद पाण्डेले नेकपा एसमा समावेश हुन निर्वाचन आयोगमा निवेदन दिए पनि निर्वाचन आयोगले अझै निर्यण दिएको छैन ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update