.jpg)
गुल्मी, गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
निजामती सेवा दिवसको अवसरमा यहाँ दुर्लभ बिरुवा रोपएको हो । रेसुङ्गा क्षेत्रको २ हजार ३ सय मिटर अग्लो उचाइको क्षेत्रमा ४० प्रकारका धुपी, दुर्लभ बिरुवा मलयागिरी, सुगन्ध कोकिला र लेक चापका बिरुवाहरु लगाइएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए । १ लाख २५ हजार बहुवर्षे सहित २ लाख ७५ हजार ७ सय १४ विरुवाहरु उत्पादन गर्न सफल भएको सापकोटाले बताए । जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत दुर्लभ तथा आर्थिक महत्व भएको चाँप रोपण सत्यवती गाउँपालिका ४ भार्षेमा ३ हेक्टर क्षेत्रफलमा समेत रोपिएको छ । जिल्लामा आगमी वर्षमा आगोलागीबाट धनजनको क्षेती न्यूनिकरण गर्ने, खाली जमिनमा उत्पादन हुने विरुवा रोप्ने, र आम नागरिकलाई पुग्ने गरी विरुवा वितरण गर्ने उद्देश्य रहेको छ । डिभिजन वन कार्यालयमा आएर निशुल्क रुपमा उत्पादन हुने विरुवा समन्वय गरी लैजान कार्यालय प्रमुख सापकोटाले आग्रह गरे । साप्ताहिक रुपमा मनाइने निजामती दिवसको अवसरमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै स्थानीय तहमा वृक्षरोपण र सरसफाइ गरिने छ । रेसुङ्गा अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रमा नै वृक्षरोपण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । बिरुवा रोप्नु ठूलो कुरा नभइ त्यसको संरक्षण गर्नु ठूलो कुरा भएकाले नियमित रुपमा संरक्षण गरिने शर्माको भनाई छ ।
वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू, सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग कार्यालय गुल्मीका प्रमुख दिनेश पोखरेल, जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्की, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, डिभिजन बन कार्यालय गुल्मी प्रमुख प्रभात सापकोटा पत्रकार लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको हो । –अनिल खत्री