Shittalpati
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका २ लघुवामा एक पुरुष मृत भेटिएका छन् । स्थानीय ६५ वर्षीय धनबहादुर कुंवर बिहीबार मृत अवस्थामा भेटिएका हुन् ।

उनी घरमा कसैलाई थाहा नदिइ हिडेको र लामो समय हुँदा समेत घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी हार्थोकबाट स्थानीय सहित खटिएको प्रहरी टोलीले खोज तलास गर्दा लघुवास्थित काहुले खोलामा मृत अवस्थामा फेला पारेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update