Shittalpati
गुल्मी प्रहरीले भेटाएको नगद सम्बन्धित ब्यक्तिलाई बुझायो

गुल्मी, फेला पारेको नगद सम्बन्धित व्यक्तिलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगर सहित महत्वपूर्ण काजपत्र सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तिमा खटिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायको प्रहरी टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६ सय ७० रूपैयाँ सहित अन्य आवश्यक कागजात समेत फेला परेको थियो । प्रहरीले फेला पारेको नगद सहितको कागजपत्र धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका शुसिल खत्रीको रहेको जनाइएको छ । फेला पारेको नगद सहित कागज पत्र खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई पर्समा रहेको नगद रू १३ हजार ६ सय ७० रूपैयाँ सहित अन्य आवश्यक कागजात दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ( डिएसपी) पुरुषोत्तम पाण्डेले बताए । – अनिल खत्री

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update