Shittalpati
आज मानव बेचबिखनविरुद्धको दिवस मनाइदै

पाल्पा, मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।

कोभिड–१९ को माहामारीका कारण भव्य रुपमा कार्यक्रम नभए पनि सामन्य औपचारिक कार्यक्रम गरि नेपालमा यो दिवस मनाउन लागिएको हो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको छ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्दार गर्न सरकारले पुनःस्थापना केन्द्रहरु समेत स्थापना गरेको छ ।

नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भूमिमा बेचबिखनमा पर्दै आएका छन् । मानव बेचबिखन एक जघन्य सामाजिक अपराध भएको भन्दै यसको रोकथामका लागि सरकार प्रयासरत रहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update