Shittalpati
लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

पाल्पा । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने निणर्य गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकार मन्त्रिपषिदको २०७७/०१/१० को निणर्य अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ । माघ २८ गते मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचनामा सो कुरा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले यस अघि नै मुख्यमन्त्रीले शपथ लिएको दिनलाई स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सरकारले फागुन तीन गते सार्वजनिक विदा दिँदै उत्सवका रूपमा मनाउने निर्णय गरेको हो । फागनु ३ गते प्रदेशको स्थापना दिवस मनाउने निर्णयले प्रदेश सभाको उपेक्षा भएको भन्दै विपक्षी दल कांग्रेससहित विभिन्न पक्षले आलोचना गरेका थिए । २०७४ साल फागनु ३ गते शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई सपथ ग्रहण गरेका थिए । मुख्यमन्त्रीले सफथग्रहण गरी प्रदेश सरकारको गठन भएको दिनलाई आधार मानेर प्रदेश मन्त्री परिषदको बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सो दिन सार्वजनिक विदा दिने र विभिन्न कार्यक्रम गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update