Shittalpati
प्रदेशसभामा विधेयक पेश

खस्यौली, प्रदेश पाँचको प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार पेश भएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गरेका हुन् । यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमिनको पूर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो ? भन्ने प्रश्न गर्दै भूमिको पूर्जा वितरण गर्ने पनि होकि बोर्ड मात्रै झुण्ड्याउने हो भनेर प्रश्न गरे । अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गरिन् । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गरे । –रासस

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update