Shittalpati
आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न आग्रह

खस्यौली,प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले प्रतीपक्षीय मित्रता गुमाउँदा दुःखी भएका छौं भने ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक आन्दोलनमा उनी जस्ता पात्रको खास भूमिकाले राजनीतिको आदर्श बचाएको उल्लेख गर्दै प्रदेशसभालाई स्थापित गर्न स्व.पोखरेलको योगदानको प्रशंसा गरे । उनले स्व.पोखरेललाई सङ्षर्घशील व्यक्तित्वका रुपमा चित्रण गर्दै प्रदेशसभामा सहमतीय प्रणालीलाई थालनी गरेर अरूका लागि समेत अनुशरण योग्य काम गरेको बताए । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले आफ्नो पार्टीप्रतिको लगाव र प्रदेशसभामा उनले खेलेको भूमिकाको प्रशंसा गरे । उ

नले सादगी जीवनशैली र जीवनको अन्तिम समयमापनि लोभलालच नगरेका स्व.पोखरेलकोे आदर्श जीवनशैलीलाई सबैले अनुसरण गर्न आवश्यक भएको बताए । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाका विभिन्न विषयमा सहमति र छलफलबाट निष्कर्षमा पुग्ने नेताका रुपमा उनलाई आफूले बुझेको
उल्लेख गरे । –रासस

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update