Shittalpati
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, इलाम, सुनसरी, सिन्धुली, कास्की, कञ्चनपुर लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका हुन् ।

गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटबजारबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ  ।  प्रेगाब्लिन ३९ ट्याब्लेट र क्लोनाजेपाम २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन कुँवरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । कास्कीको पोखरा महानगरपालिका–८ नागढुङ्गा डेरा गरी बस्ने स्याङजा घर भएका २१ वर्षीय मोहमद ईसाक सरिकलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम, टापेन्टाडोल ३ सय ६६ ट्याब्लेट र ट्रामाडोल ७ सय ९० ट्याब्लेट सहित  प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका–१४ युनिटी टोल बस्ने २६ वर्षीय आबिस्कार सारू मगरको समेत संलग्न रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ९ हजार ट्याब्लेट पारी उनलाई समेत पक्राउ गरेको छ । यस्तै झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित अर्जुनधारा नगरपलिका–११ बस्ने २३ वर्षीय मानजित करूवालाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउअवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय अमर राई र २४ वर्षीय विकास गिरी रहेका छन् । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टी मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ४ ग्राम १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया पतरा पंचायत–६ बस्ने १९ वर्षीय ईस्मत उल्हा लाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरीकै, धरान उपमहानगरपालिका–८ भोटे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट र स्पास्पेन १ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय बुद्ध लिम्बु समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो । सिन्धुलीको दुधौली नगरपालिका–६ पोखेरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पारेस्ट ८० ट्याब्लेट सहित सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने २९ वर्षीय बिबेक शर्मालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले बा.४ ख ६०३४ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–३ समादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ सहित बेलडाँडी गाउँपालिका–१ बस्ने २५ वर्षीय रोहित भण्डारी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update