Shittalpati
राष्ट्रियसभा निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

काठमाडौं, राष्ट्रियसभा सदस्यको बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान खसेको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहान १०ः०० देखि अपरान्ह  ४ः०० बजेसम्म मतदान भएको थियो ।

मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी लगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । उक्त निर्वाचनको मतगणना कतिपय स्थानमा प्रारम्भ भई परिणाम आउने कार्यसमेत शुरु भइसकेको छ ।
–रासस

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update