Shittalpati
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बु, सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरीले जनाएको छ । लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा ाइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update