
पाल्पा, बुटवल देखि गुल्मीतर्फ जाँदै गरेको लु१ ज ४५९३ नम्वरको फोर्स गाडी तानसेन १३ बैकुण्ठेको सडकमा पल्टदा फोर्समा सवार १२ जाना घाईते भएका छन् ।
घाईतेकाे उध्दार गर्दै प्रहरी । फाटाे शंकर वस्याल / रानीमहल
बुधबार विहान ११ बजेको समयमा तानसेन रानीमहल खण्डको बैकुण्ठे ओरालोमा सडक अनियन्त्रित भई पल्टदा सडकको कुनामा ठोक्किएको थियो । सो घटनाका घाईतेहरु बाग्लुङ बडिगाढ ७ बस्ने वर्ष ३९ को चेतमान गुरुङ्ग, सोही स्थानका वर्ष ४४ को केशब गुरुङ्ग, वर्ष १८ की सपना गुरुङ्ग, वर्ष ११ को शिशिर विक,वर्ष २९ कि कल्पना बिक, बाग्लुङ निसिखोला १ बस्ने वर्ष ७ कि सृष्टि बिक, सोही स्थानकी वर्ष ४७ कि दिलकुमारी थापा, पाल्पा बगनासकली गापा -८ बस्ने वर्ष ३३ कि टिका न्यौपाने, सोही स्थानका वर्ष १० को रिदम न्यौपाने, नवलपरासी बर्दघाट नपा -१० बस्ने वर्ष ४६ कि चन्द्रकुमारी रोक्का, सोही स्थानकी वर्ष १२ कि आशाकुमारी रोक्का, रुपन्देही सैनामैना नपा -३ बस्ने वर्ष २७ कि हुमा छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि ओम प्रकाश चौधरीले जानकारी दिए ।
गाडी सडक छेउबाट तल खसेको भए, ठुलो दुर्घटना हुने थियो,तर सडकमै पल्टी खाएका कारण ठुलो र मानवीय क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । गाडीमा सवार धेरै जसो तिहार मान्न वाग्लुङ, गुल्मी जाँदै गरेका भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि चौधरीले जानकारी दिए । चौधरीका अनुसार घाईते सबैको मिशन अस्पताल भुषालडाडामा उपचार भई रहेको र घाईते मध्ये एक जनाको अवस्था गम्भीर छ । ११ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मिशन अस्पतालले जनाएको छ । ओरालो झर्ने क्रममा व्रेक तात्ने र व्रेकले काम नगरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको डिएसपि चौधरीले स्पष्ट पारे । सोही स्थानमा असोज १६ गते दशैं मान्न घर जाँदै गरेका १३ जना सवार जीप पल्टिदा ६ जना घाईते भएका थिए ।