Shittalpati
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका– ५ लामेदमार स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरुमा निस्दी गाउँपालिका– ४ झ्याल्टुङकी ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकै ३० वर्षीया पुष्पा राई, उनको ३ वर्षीय छोरा अभिसेक राई, ९ वर्षीय साजन राई, निस्दी गाउँपालिकाका –७ सिन्दुरेका ४० वर्षीया गुनबहादुर सोमई र कपिलबस्तु बिजयनगर गाउँपालिका –१ का ५३ वर्षीया टेकबहादुर खण्डलुक रहेका छन् । घाइते सबै जनालाई उपचारका लागि अरुणखोला नवलपरासी पठाइएको प्रहरीले जनाएको छ । जिपमा १६ जना सवार रहेका थिए । गाडी उकालोमा आफै ब्याक भई सकडबाट २० मिटर तल खोल्सामा खस्न पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update