Shittalpati
बालअधिकार प्रति ध्यान दिऊ

नेपालको कानुनमा बालबालिका भन्नाले १६ वर्ष मुनि र बालअधिकार सम्बन्धी महासन्धिमा १८ वर्ष मुनिका प्रत्येक मानव सम्झनु पर्दछ भनि परिभाषित गरेको छ । सामान्य अर्थमा र हाम्रो चलनचल्तीमा बालबालिका भन्नाले जो आफ्नो चौतर्फी विकासका लागि परिवार समुदाय र राष्ट्रको भर पर्ने गर्दछन् जो अवोध हुन्छन्, जस्लाई काँचो माटोे, फूलको कोपिला भनेर परिभाषित गर्ने गरिन्छ । हरेक वर्षको आजैका दिन अर्थात् जून ४ तारिकमा संयूक्त राष्ट्रसंघको आह्वानमा विश्वभर निर्दोष बालबालिका माथिको अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गर्दै मनाइन्छ । विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पीडाहरुको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ ।

संयूक्त राष्ट्रसंघको बालअधिकार प्रतिको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । तर पछिल्लो समय अन्याय अत्याचार अनि युद्व अपराध आदि जस्ता विभिन्न कारणले गर्दा बालबालिकाकाहरुको अधिकार बालापनमै खोसिएको छ । बालबालिकाका लागि कार्यरत संस्थाहरु, सरकार र सरोकारवालाहरु भने दिवसलाई औपचारिक रुपमा मनाउन्छन् । तर ति संस्थाहरुले बालबालिकाको अधिकार खोसिएको प्रति खासै चासो दिएको देखिदैन । कयौं अभिभावक विहीन बालबालिकाहरु सडकमा भोकै भौतरिएका छन्, कयौँ बेचिएका छन्, कयांै बालबालिकाहरु होटलमा श्रम शोषणमा परेका छन् के यि बालबालिकाहरुले बाल अधिकार पाएका छन् त ? कदापी पाएका छैनन् ।

खोई ति बालबालिकाको संरक्षण भएको ? खै उनीहरुको चित्कार सुनेको ? बाल अधिकारका नारा लगाउनेहरुले देखेका छैनन् या देखेर पनि जातियताको नाममा मौनता साँधेर बसेका छन् ? पछिल्लो समयमा भने बालअधिकार क्लवहरुको गठन अनि सक्रियताले स्थानीय स्तरमा बालअधिकार अनि बालबालिका उपरका अन्यायका विरुद्ध उनीहरुबाटै आवाज उठ्न थालेको छ, जुन सकरामत्मक विषय हो । यसर्थ पनि बालअधिकार राजनैतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियान्ताहरु मार्फत समाधान गर्न सकिने भएकाले सबैले यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update