Shittalpati
बजेट कार्यान्वयन होस्

बुहमत प्राप्त कम्युनिष्ट पार्टीको सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैँ बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १४ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका बारेमा सबैका आ–आफ्ना धारणा हुन्छन् । तर, समग्रमा बजेट सफल र असफल भयो भने त्यसले प्रभाव पार्ने क्षेत्र भनेको देश र समाज नै हो । विश्वभर फैलिएको कोभिड १९ का कारण देशको हरेक क्षेत्रमा प्रभाव परेको बेला अबको बाटो के हुने भन्ने स्पष्ट कार्यक्रम बजेटमा अपेक्षा गरिएको थियो । तर, समस्याको गाम्भीर्य र भयावहता अनुरूप बजेट नआए पनि केही नयाँपन भने आएको देखिन्छ । यद्यपी केही कार्यक्रम तथा योजनाहरु भने विगतका नै हुबहु नै ल्याइएको छ ।

सरकारले आन्तरिक ऋणबाट उठाएको रकम विकास आयोजनामा मात्रै खर्च गर्ने बताएको छ । यो झट्ट हेर्दा नयाँ क्रान्तिकारी लाग्ला । तर, कुनै पनि ऋणबाट उठाएको रकम चालू खर्चमा लगाउनु हुँदैन भन्ने सामान्य सिद्धान्त नै हो । बजेटको आकार चालू वर्षको भन्दा घटेको छ । यद्यपि यही बजेटका लागि पनि स्रोतको दबाब पर्ने देखिन्छ । आगामी बजेटका लागि विनियोजित रकममध्ये सरकारी स्रोतबाट ५ खर्ब अपुग देखिन्छ । यसका लागि सरकारले २ खर्ब वैदेशिक ऋण र २ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । स्वास्थ्य क्षेत्रलाई सबैभन्दा ठूलो प्राथमिकतामा राखेको बजेटले लिएका कतिपय कार्यक्रम कार्यान्वयन हुन त्यति सहज देखिँदैन । उदाहरणका लागि अस्पतालहरू खोल्ने नयाँ कार्यक्रम । ती साँच्चै खोल्न सके अत्यन्तै राम्रो हो । रोजगारी गुमाएकाहरूलाई कृषि क्षेत्रमा रोजगारी दिन सकिने भए पनि गतवर्षभन्दा थोरैमात्र बढी रकम विनियोजन गरिएको छ । सामूहिक खेती, भूमि बैंक, किसान क्रेडिट कार्डजस्ता कार्यक्रम छन् । विगतमा भन्दा नयाँ कार्यक्रम कृषि क्षेत्रमा आएका छन् खासगरी खाद्यभण्डार र बजारीकरणका लागि स्थानीय तहलाई परिचालन गर्ने कार्यक्रम । तर, कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउनेमा निजी क्षेत्र परिचालित गर्ने सोंच भने सरकारमा छैन । बजेट जे जस्तो आएपनि कार्यान्वय पक्ष भने महत्वपूर्ण हो । विगतमा पनि नीति तथा कार्यक्रमहरु कार्यान्वय नभएका उदाहरण प्रशस्त भएकाले पनि कार्यान्वय नहुने होकी भन्ने आशंका अहिले पनि कायमै छ । यसर्थ बहुमत प्राप्त सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमलाई आशंकाको घेरामा नराखी पारदर्शी ढङ्गले कार्यान्वयन गर्ने तर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update