पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    पाल्पा,जिल्लाको माथागढी गाउँपालिका–४सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।
खोलाले बगाएका चौहान १ सय ५० मिटर तल खोलाको बिच भागमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।  उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल  ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    