नुवाकोटमा हेलिकप्टर दुर्घटना
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ, नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
हेलिकप्टर १ बजेर १४ मिनेटमा उडेको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर विदेशी नै लिएर काठमाडौं फर्किने तालिका रहेको थियो घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    