पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ, सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    