Shittalpati
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

पाल्पा, स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।

जिटीको ढुुँगा, माटो र टिनले छाएको एक तले घर अविरल वर्षका कारण माथिबाट आएको पहिरोले पुुरिदाँ घरमा सुुतिरहेका उनीहरुहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्राबहादुर रानाले जानकारी दिए । सोही घरका एक छोरा  भने  गाउँमा बस्न गएकाले बचेका छन् ।

घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी थाहा पाउन साथ प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पताल स्याङ्जाको डाक्टरसहितको टोली घटनास्थल पुुगेको थियो । डाक्टरले उनीहरुको चेक जाँच गरे पनि मृत्युु भइसकेको थियो । टोलीले तत्काल संघीय सरकारमार्फत मृतकको परिवारलाई राहतस्वरुप १५ हजार उपलब्ध गराएको र अन्य राहत रकम पछि दिने जनाएको छ । घटनाको थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  

तस्बिर : जिल्ला प्रहरी कार्यालय स्याङ्जा

प्रकाशित मिति: शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update