Shittalpati
तुलसीपुर–दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

दाङ, तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका–६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको नियोजित बजेट रु ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका-६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिएका छन् ।

उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए । यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य  लिइएको छ । 

सो पुलको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरेका थिए । अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए । त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गन्रेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update