गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते  (थप विवरण आउँदै)
                        
                        
                                                
                                            
                                                                    पाल्पा, गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा भार्सेकी ३० वर्षीया कमला बूढाथोकी रहेको कालीगण्डकी गाउँपालिकाका  सूचना अधिकृत ऋषि रानाले जानकारी दिए । बूढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार १० जना मध्ये ९ जना घाइते भएका छन् । उनीहरुको उद्दार गरी उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याइएको रानाले बताए । के कति कारणले जिप दुर्घटना भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    