Shittalpati
जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दाङ, जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा  दाङमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा. ५ प. ५४५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.२ झ. ३६५२ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका थिए । सवारी साधन एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २१ बर्षीय विवेक पुन र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update